बेलायतको आष्ट्राजेनेकासहित चीन र रुसका कम्पनी नेपालमा भ्याक्सिन परीक्षण गर्न इच्छुक


प्रकाशित मिति : भाद्र ७, २०७७ आईतबार

बेलायतको आष्ट्राजेनेकासहित चीन र रुसका कम्पनी नेपालमा कोरोना भ्याक्सिनको तेश्रो चरणको परीक्षण गर्न इच्छुक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विश्वका तीन खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको खोप परीक्षणको प्रकृया अगाडि बढाएका छन् ।

चीनको वुहान इन्स्टिच्युट अफ बायोलोजिक प्रोडक्ट्सको सिनोफार्म, अक्सफोर्ड विश्वविद्यालयको आष्टाजेनेका र रुसको गेमेलिया नेशनल सेन्टर अफ इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजि नेपालमा परीक्षणका लागि इच्छुक देखिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपको नेपालमा परीक्षणको प्रक्रिया अगाडि बढाएको जनाउँदै थप प्रगति भएपछि प्रकृयाबारे जानकारी गराउने बताएको छ ।

विश्व स्वास्थ्य संगठनको निर्देशिका बमोजिम तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि खोप निर्माता कम्पनीले विश्वका विभिन्न देशमा ठूलो संख्यामा परीक्षण गर्नुपर्ने हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप परीक्षणका लागि पहलकदमी लिएपछि खोप विकासमा जुटेका विश्वका तीन कम्पनी नेपालमा परीक्षणको प्रक्रिया अगाडि बढाएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परिषद्ले कोभिड–१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल परीक्षणका लागि नेपालमा अध्ययन अनुसन्धान गर्न चीन, रुस र बेलायतको अक्सफोर्ड विश्वविद्यालयको आष्टाजेनेका गरी तीनवटा कम्पनी इच्छुक रहेको जनाएको छ । नेपालमा खोप विकासको अध्ययन अनुसन्धान तथा परीक्षण सम्बन्धी गतिविधि सञ्चालन गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मेवारी दिइएको छ ।

चीन, बेलायत र रुसी तीनै खोप निर्माता कम्पनीले नेपालमा तेस्रो चरणको परीक्षणको लागि तयार रहेको मन्त्रालयले जनाएको छ । परिषद्का सदस्य सचिब डाक्टर प्रदीप ज्ञवाली खोप विकास र परीक्षणबारेको बिस्तृत जानकारी केही दिनपछि दिने बताए ।

अमेरिकामा मोडेर्ना र फाइजरले जुलाईको अन्तिमसातादेखि नै तेश्रो चरणको क्लीनिकल परीक्षण सुरु गरिसकेका छन् । फाइजरले जर्मन कम्पनी बायो एनटेकसँग मिलेर तेश्रो चरणको क्लीनिकल परीक्षण गरिरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com