युट्युबमा सर्वाधिक डिस्लाइक पाएका भिडियो : जस्टिन बिबरको ‘बेबी’देखि ‘जोनी जोनी एस पापा’सम्म


प्रकाशित मिति : भाद्र ७, २०७७ आईतबार

अहिलेसम्म युट्युबमा सर्वाधिक डिस्लाइक भएको भिडियो युट्युबको आफ्नै भिडियो हो । युट्युब रिवाइन्ड २०१८ नामको यो भिडियो युट्युबमा १८ मिलियनले डिस्लाइक गरेका छन् ।

त्यो बाहेक युट्युबमा सर्वाधिक डिस्लाइक पाउने भिडियो झण्डै २ साता अगाडि सार्वजनिक हिन्दी चलचित्र सडक २ को ट्रेलर रहेको छ । यो भिडियोमा अहिलेसम्म १२ मिलियनले डिस्लाइक गरेका छन् ।

चर्चित गायक जस्टिन बिबरलाई चिन्ने अधिकांशले उनको बेबी गीत पनि सुनेका हुनसक्छन् । यो गीत युट्युबमा २ अर्ब २८ करोड भन्दा बढीपटक हेरिएको छ । यही गीतबाट जस्टिन बिबर हिट बने । तर यो युट्युबमा सर्वाधिक डिस्लाइक प्राप्त गीत हो । यो गीतले सबैभन्दा धेरै डिस्लाइक पाउनेमा गीनिज बुकमा रेकर्ड राखेको थियो ।

यो गीतमा अहिलेसम्म ११ मिलियनले डिस्लाइक गरेका छन् । यद्यपी यो गीतमा डिस्लाइक गर्नेहरुको तुलनामा लाइक गर्नेहरुको संख्या भने बढी रहेको छ । यो गीतमा लाइक गर्नेहरु १४ मिलियन बढी छन् ।

युट्युब आफैले बनाएको बाहेकको भिडियोमा सर्वाधिक डिस्लाइक पाउने हिन्दी चलचित्र सडकको ट्रेलर भएको छ । यसले हालै जस्टिन बिबरको बेबीलाई पनि उछिनेको हो । यो गीतमा झण्डै ७ लाखलेमात्र लाइक गरेका छन् । अर्थात् झण्डै ९५ प्रतिशतले डिस्लाइक गरेका छन् ।

जोनी जोनी एस पापा भन्ने बच्चाहरुको गीत त तपाईले सुन्नुभएकै होला । तर रोचक के छ भने यो गीत युट्युबमा सबैभन्दा धेरै डिस्लाइक पाउनेमा सातौं नम्बरमा रहेको छ । यो गीत पनि झण्डै ७ मिलियनले डिस्लाइक गरेका छन् ।

डामे तु कोसिताभन्ने एउटा गीत टिकटकमा निकै हिट भयो । यो गीत युट्युबमा पनि साढे २ अर्बभन्दा धेरैपटक हेरिएको छ । तर यो गीतमा साढे तीन मिलियनले डिस्लाइक गरेका छन् । यो गीत सन् २०१८ मा युट्युबमा रिलिज भएको थियो । यो युट्युबमा सबैभन्दा धेरै डिस्लाइक पाउनेमा १९ नम्बरमा छ ।

सन् २०१२ मा सार्वजनिक भएको गङनम स्टाइल धेरैले सुनेका छन् । तर यो गीत पनि युट्युबमा सबैभन्दा धेरै डिस्लाइक पाउनेमा २७ औं नम्बरमा छ । यो गीतमा साढे २ मिलियन भन्दा धेरैले डिस्लाइक गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com