ट्याक्स फाइल गरेका १४ मिलियनलाई रिफण्डका अतिरिक्त थप रकम पठाउँदै आईआरएस


प्रकाशित मिति : भाद्र ३, २०७७ बुधबार

सन् २०१९ को ट्याक्स फाइल गरेका करदाताहरुलाई आईआरएसले यो साता ब्याजरकम पठाउने भएको छ । झण्डै १४ मिलियन करदाताहरुलाई यो ब्याज रकम पठाउन लागिएको हो । यो रकम औषतमा १८ डलर हुनेछ ।

जुलाई १५ भित्र कर फाइल गरेका करदाताहरुलाई उक्त रकम खातामा वा हुलाकमार्फत पठाइने भएको छ । विगत तीनमहिनाको अवधिमा ट्याक्स रिफण्ड पाएकाहरु अर्थात् जुन १५ पछि ट्याक्स रिफण्ड पाएकाहरुले पनि यो रकम पाउनेछन् । त्यस्तै रिफण्ड रकम पाउन बाँकी रहेकाहरुले पनि ब्याज पाउनेछन् ।

अधिकांश ब्याज रकम रिफण्ड रकमभन्दा अलग्गै जारी गरिने आईआरएसले जनाएको छ । १२ मिलियन भन्दा बढी करदाताहरु जसले ट्याक्स फाइल गर्दा डाइरेक्ट डिपोजिटको विकल्प दिएका थिए, उनीहरुले रिफण्ड प्राप्त गरेको त्यही खातामा नै ब्याज रकम पाउनेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जसले डाइरेक्ट डिपोजिट सेटअप गरेका थिएनन्, उनीहरुले चेकमार्फत यो रकम पाउनेछन् । चेकमा आईएनटी रकम भनेर लेखिएको हुनेछ । यो ब्याज रकमको भने कानुन अनुशार ट्याक्स तिर्नुपर्छ । ब्याज रकम पाउनेहरुले अर्कोबर्ष सन् २०२० को कर फाइल गर्दा यो रकम उल्लेख गर्नुपर्छ ।

१० डलरभन्दा बढी ब्याज पाउनेहरुलाई आईआरएसले आगामी जनवरीमा १०९९ आईएनटी पठाउनेछ । उक्त फर्मलाई आगामी बर्षको ट्याक्स रेकर्डका रुपमा राख्न आवश्यक हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com