न्युयोर्कमा ३९ बर्षका अमर तामाङको निधनप्रति अमेरिकाका नेपालीबाट शोक व्यक्त


प्रकाशित मिति : भाद्र ३, २०७७ बुधबार

न्युयोर्कमा  ३९ बर्षका अमर तामाङको निधनप्रति अमेरिकामा रहेका नेपालीहरुले शोक व्यक्त गरेका छन् । नेपाली जनसम्पर्क समिति अमेरिका न्युयोर्क च्याप्टरका उपसभापति समेत तामाङको आजविहान ३ बजेर १२ मिनेटको समयमा न्युयोर्कको माउन्ट साइनाई अस्पतालमा उनको निधन भएको हो ।

पुख्यौली थलो नेपालको कास्की जिल्ला रहेका ३९ बर्षका तामाङ विगत १५ बर्षदेखि न्युयोर्कमा बसोबास गर्दै आएका थिए । क्यान्सर रोगबाट पीडित तामाङ विगत केही महिनादेखि अस्पतालमा उपचाररत थिए ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले मृतकको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गनुएभएको छ । साथै दिवंगत तामाङप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

त्यस्तै प्रवासी नेपाली एकता मञ्च अमेरिकाका अध्यक्ष टेक गुरुङले तामाङप्रति भावपुर्ण श्रद्धाञ्जली र शोकाकुल सम्पुर्ण परिवारलाई हार्दिक समवेदना प्रकट गर्नुभएको छ । उहाँले भन्नुभएको छ – ‘नेपाली जनसम्पर्क समिती न्युयोर्क च्याप्टरको उपासभापति तथा कस्केली समाज अमेरिकाको महासचिव , अमर तामाङ कलेजोको क्यानसरसँग जीवन संघर्ष गर्दागर्दै परलोक भएको खबरले मर्माहत भएको छु।’

त्यस्तै प्रवासी नेपाली एकता मञ्च अमेरिकाका राधाकृष्ण देउजाले तामाङको निधनप्रति दुख व्यक्त गर्दै भन्नुभएको छ – ‘समाजको सेवामा दिनरात खटिन तयार रहने , स्पष्टवक्ता र सहयोगी मेरा मित्र अमर तामाङलाई अल्पायुमै विदा गर्नु पर्ला भने सोचेको थिइन ।’

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com