‘सिमसिम पानीमा बिरामी डोकोमा’ !


प्रकाशित मिति : श्रावण ३२, २०७७ आईतबार

शुक्रबार जाजरकोटको भेरी नगरपालिका–११ मा एकनासले सिमसिम पानी परिरहेको थियो । सिमसिमे पानीमा हैरानी हुँदै डोकोमा काली विकलाई बोकेर निथ्रुक्क भिज्दै चार सर्वसाधारण रुकुमपश्चिमको चौरजहारी अस्पतालमा बिरामी ल्याउँदै थिए ।

सात दिनदेखि टाउको दुख्ने समस्या समाधान नभएपछि डोकोको सहारामा चौरजहारी अस्पतालमा बिरामी ल्याउन बाध्य भएको पानीमा भिजेका श्याम विकले बताउनुभयो । “हाम्रो गाउँमा सडक पुगेको छ, तर हामीसँग गाडीमा बिरामी लैजानका लागि पैसा छैन । गाडीलाई दिने पैसाले उपचार गर्न सजिलो होला भनेर डोकोमा बोकेर ल्याएका छौँ”, उहाँले भन्नुभयो, “बिरामीलाई स्वास्थ्य लैजाने पैसा छैन भनेर हारगुहार धेरै ठाउँमा गरेका थियौँ तर हाम्रो कुरा कसले पो सुन्थ्यो र रु गाडीवालाले पनि डोकोमै बोकेर चार घण्टामा पुगिने ठाउँमा रु १५ हजार भन्छन्, यत्रो पैसा कहाँबाट दिनु रु”

भेरी नगरपालिका–११ को दलित बस्तीमा बिरामी हुने अधिकांश सर्वसाधारण बिरामी हुँदा डोकोमा राखेर उपचार गर्न ल्याइने गरेको अर्का स्थानीयवासी घनश्याम विकले बताउनुभयो । उहाँले भन्नुभयो, “कतिले त उपचार नपाएर अकालमै ज्यान गुमाएका छन् । उपचार गर्ने पैसा छैन, रोग पालेर बस्दाबस्दै धेरैको ज्यान गएको छ ।” उहाँका अनुसार पहुँच हुने र हुनेखानेले घरको प्राङ्गणमै गाडी ल्याएर बिरामीको उद्धार गरी सुविधासम्पन्न ठाउँमा उपचार गर्न लैजान्छन् तर गरिबले भने सिटामोल किन्ने पैसा नहुँदा दैनिक हारगुहार माग्नुपरेको अवस्था छ । “बाह्र जना दलित समुदायका सर्वसाधारण घरबारविहीन अवस्थामा छन्”, स्थानीय युवा अमृत विकले भन्नुभयो, “गाँस र बासको ठेगान नभएका सर्वसाधारण बिरामी हुँदा झन् के हालत होला रु”

जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा रहेका दलित सर्वसाधारणको समयमा उपचार नपाएर अकालमै ज्यान जाने गरेको छ । आर्थिकरूपमा कमजोर रहेका दलित समुदायका मानिस रोग पालेर मृत्युको मुखमा पर्ने गरेको वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालयका प्राचार्य गोरखबहादुर सिंहले बताउनुभयो ।उहाँका अनुसार स्वास्थ्य संस्थाको कम पहुँच रहेको बारेकोटमा उपचार नपाएर मृत्यु हुनेको सङ्ख्या ठूलो छ । स्वास्थ्य संस्थामा आउन र जानका लागि मात्र एक दिनभरि लाग्ने बारेकोट गाउँपालिकाका विभिन्न बस्तीमा प्रभावकारी उपचार सेवा पाउन मुस्किल भएको बारेकोट–५ का दानबहादुर विकले बताउनुभयो । सबै ठाउँमा फोन नलाग्ने भएकाले कतिले कहाँ ज्यान जान्छ थाहासमेत नहुने गरेको विकले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै जुनिचाँदे गाउँपालिकामा समेत प्रभावकारी स्वास्थ्य सेवा नपाउँदा धेरैको ज्यान जाने गरेको छ । वडकुलेको स्वास्थ्य संस्था निर्माण गर्न लागेको नौ वर्ष बित्यो, अहिलेसम्म निर्माण पूरा भएको छैन । गाउँपालिकाको पहलमा अहिले गर्खाकोटमा चिकित्सक ल्याएर गाउँमै उपचार गर्ने वातावरण सिर्जना गरिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिनुभयो । “अझै गाउँगाउँमा स्वास्थ्य संस्था छैनन्, कतिको उपचार नपाएर मृत्यु हुन्छ होला हामीसम्म सूचना नै पुग्दैन”, शाहीले भन्नुभयो । आर्थिक हैसियत भएकाहरु सुविधासम्पन्न ठाउँमा गएर उपचार गर्ने तर गरिबहरु उपचार नपाएर ज्यान गुमाउने अवस्था रहेको उहाँले बताउनुभयो ।

जिल्लाका अधिकांश दुर्गम गाउँमा आर्थिक हैसियत कमजोर भएका सर्वसाधारणको उपचार नपाएर मृत्यु हुने गरेको छ । दिनभरि हिँडेर स्वास्थ्य संस्था आएर जाँच गर्दा सिटामोलबाहेक अरु केही नपाइने भएपछि स्थानीय स्वास्थ्य संस्थाप्रतिको विश्वाससमेत गुम्दै गएको छ । गाउँगाउँमा रहेका औषधि पसलले जथाभावी औषधि दिँदा स्वास्थ्य संस्थाको औषधिले काम नै नगर्ने अवस्थामा पुगेको स्वास्थ्य सेवा कार्यालयका मेडिकल अधिकृत भूपेन्द्रप्रकाश मल्लले जानकारी दिनुभयो ।

दुई महिनाको अन्तरालमा जाजरकोटमा ३० भन्दा बढी सर्वसाधारणको उपचार नपाएर मृत्यु भएको छ । गाउँमा कहाँ के भएको छ भन्ने सूचना पाउनै मुस्किल भएपछि उद्धारमा समेत कठिन भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो । गाउँबाट सदरमुकाम ल्याइने अधिकांश बिरामी डोकोमै बोकेर ल्याउने गरिन्छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com