पुरुषको टाउको झोलामा शव सुटकेशमा राखेर फाल्ने महिलालाई आज सार्वजनिक गरिने


प्रकाशित मिति : श्रावण २७, २०७७ मंगलबार

प्रहरीले तीन दिनअघि एक पुरुषको हत्या गरी टाउको झोलामा शव सुटकेशमा राखेर सडक किनारामा फाल्ने आमा छोरीलाई सार्वजनिक गर्ने भएको छ । उनीहरुलाई आज सार्वजनिक गर्ने प्रहरीले जनाएको हो ।

गत आइतबार गोंगबुका स्थानीयबासीले सडक किनारमा शंकास्पद सुटकेश देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उक्त सुटकेश खोल्दा टाउको नभएको शव फेला पारेको थियो । प्रहरीले शव सनाखत गर्न नसकेपछि फोटो सार्वजनिक गरेको थियो । फोटो सार्वजनिक भएसँगै मृतक दाङका कृष्णबहादुर बोहोरा भएको पत्ता लागेको हो ।

उक्त घटनामा संलग्न भएकी कल्पना शाही र उनकी १५ वर्षीय छोरीलाई प्रहरीले सोमबार चितवनमा पक्राउ गरी काठमाडौँ ल्याएको छ । पक्राउ परेकी शाहीले प्रहरीसामू बोहोराले आफूलाई यौन हिंसा गर्न खोजेकाले विष खुवार मारेको बयान दिएकी छन् । उनले बोहोरालाई मारेपछि सुटकेशमा शव नअटाउने भएपछि टाउको र खुट्टा काटेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका आमाछोरीलाई प्रहरीले आज परिसरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको हो । महिलाले हत्या आफू एक्लैले गरेको बताउँदै आएकी छन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com