कोरोना राउण्डअप : प्रहरीमा ३६९ कोरोना संक्रमित, १४९ ‘डिस्चार्ज’


प्रकाशित मिति : श्रावण २६, २०७७ सोमबार

नेपाल प्रहरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३६९ पुगेको छ ।

हाल देशभर ३६९ प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले ३६९ सङ्क्रमितमध्ये १४९ प्रहरी निको भएर घर फर्किसकेको र २२० कर्मचारीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

कोरोनाको सक्रिय सङ्क्रमितमध्ये प्रहरी प्रधान कार्यालयका ११६, काठमाडौँ उपत्यकाका १४, प्रदेश नं १ का २१, प्रदेश नं २ का ३६, वाग्मती प्रदेशका दुई, गण्डकी प्रदेशका १९, प्रदेश नं ५ का ११ र सुदूरपश्चिम प्रदेशका एकजना छन् । कर्णाली प्रदेशका भने सबै प्रहरी निको भएर घर फर्किसकेका छन् ।

कर्मचारीमा कोरोना देखिएपछि अध्यागमन विभागको सेवा बन्द

एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अध्यागमन विभागका सेवा बन्द गरिएको छ ।विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार विदेशी नागरिकहरुलाई दिइने भिसासम्बन्धि कामहरु स्थगित गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विभागका ५७ जना कर्मचारीको पीसीआर परिक्षण गरिएकोमा एक जनाको रिपोर्ट पोजेटिभ आएको हो । अब संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी गरेर थप परीक्षण गरिने बताइएको छ । हाल कार्यालयमा कर्मचारीबाहेकलाई प्रवेशमा रोक लगाइएको छ ।

नेपालमा थप ३३८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

नेपालमा सोमबार पछिल्लो २४ घण्टामा थप ३३८ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार  देशभर ३३८ जना कोरोना संक्रमित थपिएको हो । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको छ । ८ हजार ४ सय ३२ नमुना परीक्षण गर्दा थप ३३८ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी पछिल्लो २४ घन्टामा निको भएर १ सय ४० डिस्चार्ज भएका छन् भने थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । यो वृद्धिसँगै कोभिड- १९ बाट मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २३,३१० पुगेको छ।

उपत्यकामा थपिए ४४ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा सोमबार थप ४३ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि

धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर-५  मा मृत्यु भएका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनको शनिबार राति मृत्यु भएको थियो ।

मिथिला बिहारी नगरपालिका-५ घर भएका उनी जनकपुरधाम उपमहानगरपालिका २ कदम चोकस्थित बिनयतारा फाउण्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको काम गर्दै आएका थिए । उनलाई एक्कासी ज्वरो, रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उपचारका लागि ल्याउने क्रममा उनको मृत्यु भएको थियो ।

धनुषाकै शहीद नगरपालिका-८ का ५० वर्षीय पुरुषमा भने संक्रमण पुष्टि नभएको प्रजिअ भट्टराइले बताए । उनको पनि शनिबार राति नै मृत्यु भएको थियो । योसँगै कोरोना संक्रमणका कारण धनुषामा मृत्यु हुनेको संख्या २ पुगेको छ ।

विराटनगरका न्यायाधीशलाई कोरोना संक्रमण

जिल्ला अदालत मोरङका एक न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । दालतका सूचना अधिकारी युवराज पौडेलका अनुसार आइतबार न्यायाधीशसहित ४ जनाको स्वाव लिएर गरिएको परीक्षणमा न्यायाधीशमा संक्रमण पुष्टि भएको हो ।

श्रीमानमा संक्रमण पुष्टि भएपछि सोमबारदेखि बुधबारसम्म ३ दिन अदालतबाट हुने सबै सेवा बन्द गर्ने निर्णय भएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जनाए ।

न्यायाधीशलाई संक्रमण पुष्टि भएसँगै अदालतका अन्य ४० कर्मचारीको परीक्षण तथा कन्ट्रयाक ट्रेसिङ गर्ने तयारी भएको छ । सोमबार सात जनाको स्वाव संकलन भएको तथा मंगलबार ३३ जनाको स्वाव परीक्षण गर्ने तयारी भएको छ ।

एभरेष्ट बैंकको प्रधान कार्यालयमा २ जनालाई कोरोना  संक्रमण

एभरेष्ट बैंकको केन्द्रीय कार्यालयमा कार्यारत २ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

कार्याल्यमा कार्यरत २ जनामा कोरोना पोजिटिभ देखिएपछि बैंकको लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय सिल गरिएको छ ।

तर, कोरोना परीक्षण पश्चात भने कार्यालय खुला हुने बताईएको छ । बैंकका एक अधिकारीका अनुसार २ दिनका लागि मात्रै बैंकको कार्यालय सिल गरिएको हो ।

सिल भएको अवधिभर हामी बाँकीको परीक्षण गर्ने र कार्यालयलाई डिस्इन्फेक्सन गर्ने बताईएको छ । बैंकको प्रधान कार्यालयमा पछिल्लो समय बाहिरी जिल्लाबाट पनि केही शाखा प्रवन्धकहरु आएको र उनीहरु सबैको परीक्षण हुनेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com