धनुषामा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिथिला विहारी नगरपालिका ५ का ४५ वर्षीय पुरुष रहेका छन् । जनकपुर स्थित विनयतारा फाउण्डेशनमा सेक्युरिटी गार्डको रुपमा कार्यरत सो पुरुषलाई करिब एक सातादेखि रुखाखोकी, टाउको दुख्ने लगायतको समस्या देखिएको थियो । हाल उनको शव सोही अस्पतालमा राखिएको छ ।
यस्तै, धनुषाकै शहीद नगरपालिका–८ का ५० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या देखिएका उनको जनकपुरधामस्थित काव्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनीहरु दुवै जनाको कोरोना परिक्षणका लागि स्वाब संकलन गर्ने काम भइरहेको बताइएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।