काठमाडौका विभिन्न स्थानहरुमा रहेका दिनदु:खी असहायहरुलाई हेभेन्ली पाथले खाना र पानी वितरण गरेको छ । हेभेन्ली पाथ अमेरिकाका अध्यक्ष सुकु रुम्दाली र महासचिव हर्क चाम्लिङको संयोजनमा विभिन्न राज्यहरुबाट सहयोग संकलन गरि १० औं दिन सम्म र हेभेन्ली पाथ हङकङका उपाध्यक्षबाट १ दिन गरि ११ दिन खाना पानी वितरण गरिएको छ ।
काठमाडौका पशुपति क्षेत्र, बालाजु, जे. पि. रोड, ठमेल, रत्नपार्क, सोह्रखुट्टेका स्थानहरुमा खाना पानी वितरण गरिएको हो । विपत्तिमा परेकाहरुलाई निरन्तर खाना खुवाउने योजना हुदाहुदै पनि नेपालमा कोरोना संक्रमण बढ्दै गएकोले हालको लागि बन्द गरिएको छ भने निकट भविष्यमा संसार भरि छरिएर बसेका यात्रीहरुको तर्फबाट आवश्यक भए फेरि पनि विपत्तिमा परेकाहरुलाई खानपिनको व्यवस्था गर्ने जनाइएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।