युवा बढी संक्रमित, किन ?


प्रकाशित मिति : श्रावण २३, २०७७ शुक्रबार

युवामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ भनिन्छ। तर, यही उमेरसमूहका व्यक्ति कोरोनाबाट बढी संक्रमित छन्। २१ देखि ३० वर्ष उमेरसमूहमा संक्रमण ३९.९ प्रतिशत छ। दोस्रोमा ३१ देखि ४० वर्ष उमेरमा संक्रमण २३.५ प्रतिशत छ।

नेपालमा कोरोना संक्रमणको ६ महिना अवधिमा उमेरका हिसाबले सबै समूहमा संक्रमित देखिएका छन्। चीनमा अध्ययन गरी फर्किएका युवामा गत माघ ९ गते पहिलो पटक संक्रमण पुष्टि भएको थियो। त्यसयता संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ। १५ हजार ८ सय १४ जना निको भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म ६ हजार ३ सय ३० जना आइसोलेसनमा छन्। ६६ जना आईसीयूमा छन्। यीमध्ये ३ जना भेन्टिलेटरमा छन्।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यीमध्ये बहुसंख्यक ७५ प्रतिशतभन्दा बढी २१ देखि ६० वर्ष उमेरसमूहका छन्। ६० भन्दा माथिको उमेरसमूहका संक्रमितको संख्या २.१ प्रतिशत छ। १० वर्षमुनिका बालबालिकाको संक्रमण ४ प्रतिशत छ।

६० वर्षमुनिका व्यक्ति बढी संक्रमित भएको जनस्वास्थ्य विज्ञ डा। सुरेश तिवारीको भनाइ छ। ‘यो उमेरका व्यक्तिहरू धेरै चलायमान हुन्छन्। त्यसैले बढी संक्रमित भएका छन्’, डा. तिवारीले भने, ‘युवा उमेरसमूहमा बढी संक्रमित भेटिए भन्दैमा ६० वर्षमाथिको समूह जोखिममा परेको छैन भन्न मिल्दैन। संक्रमण युवा समूहमा बढी देखिए पनि मृत्युदर वृद्धवृद्धामा बढी छ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

११ देखि २० वर्ष उमेरमा संक्रमण १५.४ प्रतिशत छ। ६१ देखि ७० वर्ष उमेरका ज्येष्ठ नागरिक १.५ प्रतिशत संक्रमित छन्। त्यस्तै ७१ वर्षभन्दा माथिका संक्रमित एक प्रतिशतभन्दा पनि न्यून छन्। डा. तिवारीका अनुसार चलायमान समूहमा संक्रमण देखिनुले आगामी अवस्था गम्भीर रहेको संकेत गर्छ। यही समूहले घरमा बालबालिका र वृद्धवृद्धालाई संक्रमण सार्ने जोखिम हुन्छ।

मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले घरमा बसिरहन नरुचाउने भएकाले युवा बढी संक्रमित हुन पुगेको बताए। क्वारेन्टाइनमा बसेका र बाहिर डुलिहिँड्ने युवामा संक्रमणको दर हेर्नुपर्ने उनको भनाइ छ। ‘ क्वारेन्टाइनमा बसेका युवामा संक्रमण देखिएको हो भने नियन्त्रण गर्न खासै गाह्रो हुँदैन’, उनले भने, ‘बाहिर बजारमा डुलिहिँड्ने युवा समूहमा संक्रमण देखिएको हो भने समुदायमा फैलने जोखिम हुन्छ। कोरोना नियन्त्रण गर्न पनि कठिन हुन्छ।’

एकापसमा घुलमिल हुने कारण पनि युवामा बढी संक्रमण देखिएको विज्ञको भनाइ छ। यस्तै, असुरक्षित तवरमा सार्वजनिक सवारीसाधन प्रयोग गरिरहेका कारण पनि संक्रमण फैलनमा सहयोग पुगेको छ। स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा लापरवाही देखिएको डा. तिवारीको भनाइ छ। ‘मास्क नलगाएको र भौतिक दूरी कायम नगरेको पो हो कि ? जनस्वास्थ्यको मापदण्ड पालना नगरेको पो हो कि ? ’, उनले प्रश्न गरे।

युवामा कोरोना संक्रमण भए पनि सञ्चो भइहाल्छ भन्ने सोच हावी देखिएको डा. प्याकुरेलको भनाइ छ। ‘लकडाउन उल्लंघन गर्ने, पास दुरुपयोग गर्ने, सुरक्षात्मक मापदण्ड प्रयोग नगर्ने प्रवृत्ति छ’, उनले भने, ‘लक्षण पनि देखिएको छैन भने आफू संक्रमित भएको थाहै पाउँदैनन्। झन् धेरैलाई कोरोना भाइरस सार्ने जोखिम हुन्छ।’

डा। गौतमले पहिलो चरणमा विदेशबाट फर्किएका व्यक्तिमा संक्रमण बढी देखिएको सुनाए। ‘पछिल्लो समय लकडाउन खुकुलो भइसकेपछि स्थानीयस्तरमा संक्रमण देखिन थालेको छ’, उनले भने। काठमाडौं उपत्यकामा केही दिनदेखि संक्रमितको संख्या बढ्दो छ। शुक्रबार १ सय ६ जना संक्रमित थपिएका छन्। साउन पहिलो सातापछि काठमाडौं उपत्यकामा लक्षणसहितका संक्रमित फेला परेका छन्। उनका अनुसार पछिल्लो साता लक्षणसहितका संक्रमितको संख्या बढ्दै गएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com