उत्तर कोरियाद्वारा एक अमेरिकी नियन्त्रणमा


प्रकाशित मिति : बैशाख १०, २०७४ आईतबार

उत्तर कोरियाले देश छाड्न लागेका एकजना अमेरिकी नागरिकलाई प्योङयाङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन्। ती व्यक्तिको थर मात्रै खुलाइएको छ, र उनको थर किम हो। उत्तर कोरियाद्वारा नियन्त्रणमा लिइएका उनी तेस्रो अमेरिकी हुन्।

गत वर्षको जनवरीमा उत्तर कोरिया घुम्न गएका बेला एउटा होटलबाट प्रचारबाजी गर्ने एउटा सामाग्री चोरेको आरोपमा २१ वर्षीय अमेरिकी विद्यार्थीलाई गिरफ्तार गरिएको थियो।

गत वर्षको एप्रिलमा जासुसी गरेको आरोप एक ६२ वर्षीय अमेरिकी नागरिकलाई उत्तर कोरियाले १० वर्षको कडा श्रम सजाय सुनाएको थियो।
कोरियाली प्रायद्वीपमा तनाव उत्कर्षमा पुगेका बेला अमेरिकी नागरिक उत्तर कोरियामा नियन्त्रणमा परेका छन्।

हालै अमेरिकाले उत्तर कोरियाली पारमाणविक कार्यक्रमलाई लिएर आफ्नो “रणनीतिक धैर्य” समाप्त भएको बताएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले समेत चीनले साथ नदिए पनि आफ्नो देशले उत्तर कोरियाली खतरासँग एक्लै जुध्ने बताएका थिए।

लडाकु विमान बोक्ने जहाजसहित अमेरिकी जल सेनाको एउटा समूह यसै हप्ताको अन्त्यतिर कोरियाली प्रायद्वीपमा पुग्दैछ।

दक्षिण कोरियाली समाचार संस्था योन्हापका अनुसार नियन्त्रणमा लिइएका ५० वर्षीय अमेरिकी नागरिक चीनको एउटा विश्व विद्यालयका पूर्व प्राध्यापक हुन् र राहतसम्बन्धी कार्यक्रमका लागि उनी एक महिनादेखि उत्तर कोरियामा थिए।

उनलाई प्योङयाङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको योन्हापले जनाएको छ।

उत्तर कोरियाले अमेरिकी नागरिकलाई गोट्टीको रुपमा प्रयोग गर्नका निम्ति नियन्त्रणमा लिएको अमेरिकी आरोप रहिआएको छ।

मलेसियामा हालै उत्तर कोरियाली नेता किम जङ-अनका सौतेनी दाइको हत्या गरिएपछि उत्तर कोरियाले प्योङयाङमा रहेका मलेसियाली नागरिकहरुलाई गिरफ्तार गरेको थियो।

र, संदिग्ध हत्यारालाई मलेसियाले रिहा गरेपछि मात्रै उत्तर कोरियाले मलेसियाली नागरिकहरुलाई छाडेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com