कार्टुनमा भेटिएको बच्चाको यस्तो छ वास्तविकता


प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार

साउन १३ गते, कपनको आकाशेधारा चौरमा बेवारिसे अवस्थामा कार्टुनमा राखिएको एउटा बच्चाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।  तस्विरको भरमा मानिसहरु सहयोग गर्न तँछाड मछाड गरेँ । मानवताका ठूला ठूला ज्ञान दिनेहरुको सामाजिक सञ्जालमा ताँतिनै लाग्यो ।
१२ गते साँझ बेवारिसे अवस्थामा शिशु भेटिएको भन्दै केयर बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले प्रहरी र सञ्चारकर्मीहरुलाई खबर गरेकी थिइन् । जब शिशु बेवारिसे होइन भन्ने खुल्यो, बालगृह सञ्चालिका पुष्पा विवादमा तानिएकी छन् । उनीमाथि पैसा उठाउन झुटो प्रचार गरेको आरोपसमेत लागेको छ ।

त्यो खबर सार्वजनिक भएपछि देश–विदेशबाट सहयोग पनि आउन थाल्यो अहिलेसम्म झण्डै ६ लाख रकम बालगृह सञ्चालिकाको हातमा परिसकेको थियो भने रकम उठ्ने क्रम पनि चलिरहेको थियो । तर शिशु बेवारिसे नभएको पाइएको छ । खाडी मुलुकबाट हालै उद्धार गरेकी एक महिलाले त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएकी उनले शिशुलाई आफूसँग राख्न सकिनन् र केयर बालगृहको जिम्मा लगाएकी महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।

संस्थाकी सञ्चालक पुष्पाले प्रहरीमा बेवारिसे बच्चा भेटिएको भन्दै निवेदन दिइन् र सहयोग लिन थालिन् । त्यो देखेपछि शिशुकी आमा आफैं बालगृह पुगिन् र बच्चा आफूलाई नै दिन माग गरिन् । प्रहरीले आमाको दाबी स्वीकार गरेको छ र बच्चा उनलाई जिम्मा लगाएको छ ।

संस्थालाई चन्दा उठाउने उद्देश्य हो कि भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले स्रोतले बताएको छ । यसका लागि प्रहरीले संस्थासँग सम्बन्धित व्यक्तिको बैंक विवरण मगाएको छ । तर पुष्पाले भने आफूलाई पछि अफ्ठ्यारो नपरोस् भनेर बेवारिसे बच्चा फेला परेको भनेको बयान दिएकी छन् ।घटनाबारे अनुसन्धान भइरहेको एसएसपी ज्ञवालीले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com