अमेरिका लैजाने भन्दै ठगेको आरोपमा अमेरिकी नागरिक काठमाडौंमा पक्राउ


प्रकाशित मिति : श्रावण १९, २०७७ सोमबार

काठमाडौंको क्षेत्रपाटीबाट ठगीको आरोपमा प्रहरीले एकजना अमेरिकी नागरिकलाई पक्राउ गरेको छ । अमेरिकामा संस्था दर्ता गरी विजनेस पार्टनर बनाउने आश्वासन दिएर १० लाख रुपैयाँ ठगी गरेको आरोप उनीमाथि लगाइएको छ ।

अमेरिकी नागरिक ६५ वर्षीय डेनियल ली मेक्गीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । उनले कोटेश्वरमा रहेको टुकनारायण श्रेष्ठको एटलस सेक्युरेटि प्रालिलाई अमेरिकामा दर्ता गरी पार्टनरसीप बनाउने आश्वासन दिएर ठगी गरेको अभियोग लगाइएको छ ।

सुजन थापा र सन्दीप कार्कीलाई समेत विजनेस भिषामा अमेरिका लैजान्छु भन्दै प्रति व्यक्ति ५ लाख रुपैयाँ ठग्ने प्रयास गरिरहेकै समयमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार मेक्गी पर्यटकको रुपमा नेपाल आएका हुन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन गर्दी गाविस ९ बस्ने ४० वर्षीया कमला कुमारी थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

थापाले पोल्याण्ड पठाइदिन्छु भन्दै पीडितलाई विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई नगद १७ लाख रुपैयाँ ठगी गरी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा उनलाई चितवनबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com