बुढानिलकण्ठ मन्दिरमा जनैपूर्णिमाको चहलपहल (फोटोफिचर)


प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार

आज जनै पूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइदैछ । रक्षाबन्धनको दिनमा काठमाडौंको बुढानिलकण्ठ मन्दिरमा भक्तजनहरुको बाक्लै उपस्थीति देखियो । कोरोनाका महामारीका बीच पुगेका कैयनले मास्क लगाएका थिए ।

धार्मिक रुपमा जनैपूर्णिमाको विशेष महत्व छ । जनैमा हुने दुईवटा शिखाका ६ वटा डोरामध्ये तीनवटालाई ब्रम्हा, बिष्णु, महेषका रुपमा तीनवटालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ । त्यस्तै जुन धागोले दानवहरुका राजा बलिलाई बाँधिएको थियो, त्यही धागोले बाँधेर रक्षा बन्धनले रक्षा गर्ने मन्त्रसहित हातमा रक्षाबन्धन लगाउने चलन छ ।

नेवार समुदायले आजको दिनलाई  गुंपुन्हिका रुपमा मनाउने गर्छन् ।  आजको दिन दिदीबहिनीले दाजुभाईलाई राखी बाँध्ने चलन समेत छ ।

खसोखासकर्मी आशिष खनालले बुढानिलकण्ठ मन्दिरका केही दृश्य तस्वीरमा कैद गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com