काठमाडौं उपत्यकामा थपिए ३१ कोरोना संक्रमित


प्रकाशित मिति : श्रावण १८, २०७७ आईतबार

काठमाडौं उपत्यकामा थप ३१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका २२ जना, ललितपुरका ८ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

शनिबार पनि उपत्यकामा ६ जनामा कोरोना देखिएको थियो । नेपालमा पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com