ओली– प्रचण्ड वार्ता : आज पनि ‘माछो माछो भ्यागुतो’


प्रकाशित मिति : श्रावण १८, २०७७ आईतबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज करिब ३ घण्टा छलफल गरे पनि कुनै निष्कर्ष निस्किएको छैन । गत मङ्गलबारको बहुमत स्थायी कमिटी सदस्यको बैठकपछिको संवादहीनता तोड्दै दुई अध्यक्षले छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ ।

आजको वार्तामा अध्यक्षद्वयले साक्षीसहित वार्ता गनुभएको थियो । वार्तामा बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुबास नेम्बाङ सहभागीता रहेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com