नेपाली बजारमा सुनको भाउ अहिले सम्मकै उच्च : तोलाको झण्डै १ लाख


प्रकाशित मिति : श्रावण १८, २०७७ आईतबार

नेपाली बजारमा सुनको भाउ तोलाको झण्डै १ लाख पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । आज सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेको छ ।

यसअघि शुक्रबार सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको थियो । आईतबबार चाँदीको भाउ पनि बढेको छ । आइतबार चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेर एक हजार २ सय २५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा सुनचाँदीको भाउ बढेसँगै त्यसको असर नेपाली बजारमा परेको महासंघले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com