ट्राफिक महाशाखाका प्रमुखसहित ३७५ जना प्रहरी क्वारेन्टिनमा


प्रकाशित मिति : श्रावण १८, २०७७ आईतबार

महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित ३ सय ७५ जनालाई क्वारेन्टिनमा राखिएको छ।

शुक्रबार महाशाखामा कार्यरत दुई ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएको थियो । संक्रमितको बलम्बुस्थित एपिएफ अस्पतालमा उपचार भैरहेको छ । ‘महाशाखा अहिले सिल गरिएको छ, ३ सय ७५ जना क्वारेन्टिनमा बसिरहेका छौँ’ एक उच्च अधिकृतले भने । अहिले क्वारेन्टिनमा रहेका ट्राफिक प्रहरीको स्वाब संकलन गर्ने तयारी भैरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com