फ्रान्समा आज राष्ट्रपतीय चुनाव, आप्रवासन विरोधी दक्षिणपन्थी उम्मेदवारले जित्नसक्ने


प्रकाशित मिति : बैशाख १०, २०७४ आईतबार

फ्रान्समा आइतबार हुने राष्ट्रपति निर्वाचनको तयारी स्वरुप सुरक्षा व्यवस्था कडा बनाइएको छ। विदेशमा रहेका केही फ्रान्सेली नागरिकले मतदान गर्न थालेका छन्। मतदाताहरुको सुरक्षाका लागि करिब ५० हजार प्रहरी र ७ हजार जना सैनिक परिचालन गरिएको छ।

इस्लामवादी उग्रवादीको हमलामा मध्य पेरिसमा बिहीबार एक जना प्रहरी मारिएपछि थप सुरक्षाकर्मी तैनाथ गरिएको हो। मृतक प्रहरीका परिवारले शनिबार आइफल टावर नजिकै प्रदर्शन गरेका छन्।

उनीहरुले कालो र गुलाबी रङ्गको बेलुन उडाएर ज्यान गुमाएका प्रहरी र उनको परिवार प्रति सम्मान व्यक्त गरेका थिए।
मध्य पेरिसको सांज लिसेमा बन्दुकधारीले गरेको आक्रमणमा एक जना प्रहरीले ज्यान गुमाउनुका साथै दुई जना घाइते भएका थिए।
त्यसपछि प्रहरीले चलाएको गोली लागेर ती बन्दुकधारी क्यारिम सर्फी मारिएका थिए।

अभियोजकहरुले प्रहरीलाई मार्ने उद्देश्य राखेको विगतमा बताउने गरेका ती हमलाकारीको इस्लामवादी उग्रवादीहरुसँग हमलाअघि खासै सम्बन्ध नदेखिएको बताएका छन्। तर उनको शव नजिकै इस्लामिक स्टेटको समर्थन गरिएको एउटा टिपोट फेला परेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सो हमलापछि राष्ट्रपति चुनावको अन्तिम दिनका अभियानहरु रद्ध भएका थिए र सुरक्षा र आतंकवाद विरुद्धको संघर्ष जस्ता मुद्दाहरुले फ्रान्समा विशेष चर्चा पाएका थिए। राष्ट्रपति चुनावको अग्रपंक्ति रहेकी चरम दक्षिणपन्थी उम्मेदवार मारिन ल पेनले फ्रान्सको सीमामा लगाइएको नियन्त्रण पुन: लागू गरिनु पर्ने माग गरेकी थिइन्।

तर त्यसलाई अस्वीकार गर्दै सत्ताधारी सोसलिष्ट पार्टीका नेता तथा प्रधानमन्त्री बेरनार काजेनुउभले प्यारिसमा भएको हमलालाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्न खोजेको भनी उनको आलोचना गरेका थिए।

राष्ट्रपति पदको चुनावी मैदानमा ११ जना उम्मेदवार सहभागी छन् जसमध्ये चार जना अग्रपंक्तिमा रहेको ठानिएको छ। कसैको पनि स्पष्ट बहुमत नआउने अवस्था देखिएको छ जसको अर्थ सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच मे ७ मा दोस्रो चरणको मतदान हुनेछ।

१५ वर्षपछि पहिलो पटक चरम दक्षिणपन्थी नेशनल फ्रन्टकी नेतृ मारिन ल पेनले निर्वाचित हुनसक्ने वस्तुपरक आधार देखिएका छन्।
तर मध्यपन्थी उम्मेदवार एमानुएल माक्रोंले उनलाई कडा टक्कर दिने जनमत सर्वेक्षणहरुले देखाएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com