लक्षणसहितका संक्रमित धमाधम थपिँदै, अस्पतालमा आइसियू र भेन्टिलेटरको चरम अभाव


प्रकाशित मिति : श्रावण १७, २०७७ शनिबार

काठमाडौं उपत्यकामा पछिल्ला दिनमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा आइसियू र भेन्टिलेटरको अभाव देखिन थालेको छ । यही अनुपातमा संक्रमितको संख्या बढेको अवस्थामा अस्पतालमा आइसियू र भेन्टिलेटर पाउनै मुस्किल हुनेछ । संक्रमितको बढ्दो संख्यालाई लिएर चिकित्सकले पर्याप्त सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

हाल काठमाडौं उपत्यकाभित्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, वीर अस्पताल, स्टार अस्पताल र त्रिवि शिक्षण अस्पतालमा संक्रमितको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीर अधिकारीले जानकारी दिए । स्वास्थ्य मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा १५ जना संक्रमित आइसियूमा उपचाररत छन् ।

काठमाडौं उपत्यकामा पछिल्ला तीन दिनमा ८९ जना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा संक्रमितको संख्या ५ सय ८९ पुगेको छ । काठमाडौंमा ४ सय २९, ललितपुरमा ९६ र भक्तपुरमा ५७ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितको उमेर समूह १६–५५ वर्ष रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १ हजार ५ सय ९५ ओटा आइसियू बेड र ९ सय ओटा भेन्टिलेटर छन् । यस्तै, ३ हजार ७६ आइसोलेसन बेड र २६ हजार ९ सय ३० वटा हस्पिटल बेड रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । उपत्यकाका अस्पतालमा ३ सय २ आइसियू बेड छन् । कोरोना भाइरस संक्रमितको उपचारका लागि सरकारले उपत्यकामा १ सय २० आइसियू बेड थप गर्ने निर्णय गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लक्षणसहितका संक्रमित धमाधम भेटिए सरकारसँग धान्ने संरचना छैन । स्वास्थ्य मन्त्रालयका अनुसार २४ जना संक्रमित आइसियूमा उपचाररत छन् । उनीहरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या जस्ता लक्षण देखिन थालेको छ ।

सरकारले लक्षणविहीन संक्रमितलाई होम आइसोलेसनमा बस्न सकिने बताएको थियो । तर, अब बिस्तारै दैनिक लक्षण देखिएपछि बिरामीहरु अस्पताल पुग्ने गरेको र कोरोना परीक्षण गराउँदा संक्रमण पुष्टि हुने गरेको पाइएको छ । लकडाउन पूर्णतः अन्त्य भएपछि २ हजार २ सय ४१ जना संक्रमित थपिएका छन् । लकडाउन हटेपछि थप १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।

समुदायस्तरमा संक्रमण फैलिन थालेपछि जनस्वास्थ्य विज्ञले थप सतर्कता अपनाउन नागरिकलाई सुझाव दिएका छन् । अहिलेसम्म २० हजार ८६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ५७ जनाको मृत्यु भएको छ । हालसम्म ३ लाख ८२ हजार ४ सय ९० जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

संक्रमितमध्ये १४ हजार ४ सय ९२ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर ५ हजार ३ सय ३८ जना आइसोलेसनमा उपचाररत छन् ।

जोखिम बढ्नुका कारण
– कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी नहुनु
– भौतिक दुरी कायम नहुनु
– नाकामा सबैको कोरोना परीक्षण नहुनु
– आवतजावतका क्रममा मास्कको उचित प्रयोग नहुनु
– पर्याप्त मात्रामा परीक्षण दर नबढ्नु
– लकडाउन अन्त्य हुनु

पछिल्ला दिनमा क्वारेन्टिनमा बस्नेहरुको संख्या घट्दै गएको छ । हाल देशभर ११ हजार ५ सय ३३ जना क्वारेन्टिनमा छन् । संक्रमण सबै जिल्लामा फैलिएको छ । सरकारले निजी अस्पताललाई पनि कोरोना परीक्षण गर्न अनुमति दिएपछि केही मात्रामा परीक्षण दर बढे पनि पर्याप्त नभएको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

किन जोखिम बढ्दै छ ?

चिकित्सकका अनुसार सावधानी नअपनाउँदा जोखिम बढेको हो । सरकारले लकडाउन अन्त्य गरेसँगै हेलचेक््रयाइँ बढेको छ । संक्रामक रोग विशेषज्ञ डा।अनुप सुवेदीले कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी हुन नसक्दा पनि संक्रमित बढेको बताए । उनले भने, ‘सरकारले विज्ञको कुरा खासै सुन्दैन । कन्ट्याक्ट ट्रेसिङ पनि बढ्न सकेको छैन ।’ उनले जोखिम कम गर्न सरकारले योजना ल्याउनुपर्ने बताए ।

अहिले दैनिक ५ हजार बढी सर्वसाधारण काठमाडौं उपत्यका भित्रिने गरेका छन् । तर, ती सबै नागरिकको कोरोना परीक्षण हुन सकेको छैन । यस्तै, लकडाउन खुलेयता व्यक्ति व्यक्तिबीचको भौतिक दुरी कायम हुन सकेको छैन । जसकारण पनि जोखिम थप बढ्दै गएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले नेपालमा कोरोना संक्रमणको बाढी भारतबाट आएको बताए । उनले भने, ‘सरकारले कोरोना संक्रमणको खतरा छ है । सचेत हुनुहोस् भनेर भनिदिएको भए आज सबैले मानवीय व्यवहारमा परिवर्तन गर्ने थिए ।’ उनले कोरोनाबाट बच्ने मुख्य उपाय मानवीय व्यवहार नै रहेको बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोलाले कोरोना संक्रमणको जोखिमबाट बच्न आम नागरिक सचेत हुनुको विकल्प नभएको बताए । सरुवा रोग विशेषज्ञसमेत रहेका प्रवक्ता डा. बास्तोलाले काठमाडौं उपत्यकामा संक्रिमतहरुको संख्या बढ्न थालेपछि आम मानिस त्रसित बनेको उल्लेख गर्दै सबैले सावधानी अपनाउनुपर्ने बताए । आजको राजधानी दैनिकमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com