महिला कर्मचारीबाट कार्यकक्षमै कुटिए उपसचिव प्रेम सञ्जेल


प्रकाशित मिति : श्रावण १७, २०७७ शनिबार

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कुटपिट भएको छ । भ्रष्टाचार विरोधी सरकारी कर्मचारीको छवि बनाएका उप–सचिव सञ्जेलमाथि शनिबार आफ्नै कार्यकक्षमा महिला कर्मचारीले कुटपिट गरेका हुन् । कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराईनिरौला र मेनुका सापकोटा कोइरालाले कुटपिट गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कार्यालयकै कामको विषयलाई लिएर विवाद उत्पन्न भएपछि सञ्जेलमाथि टेबुलमाथि राखेको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिन लगायतले प्रहार गरेको प्रहरी जनाएको छ । कुटपिटबाट सञ्जेलको निधार लगायत अनुहारका विभिन्न भागमा चोट लागेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com