नेपालमा थप ३१५ जनामा कोरोना संक्रमण


प्रकाशित मिति : श्रावण १७, २०७७ शनिबार

नेपालमा शनिबार थप ३१५ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ सय ९३ जनामा गरिएको पिसिआर परिक्षणमा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै संक्रमितको कूल संख्या संख्या २० हजार ८६ पुगेको छ ।  थप ९३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस संक्रमणमुक्त हुनेको कूल संख्या १४ हजार चार सय ९२ पुगेको छ । कोरोनाबाट नेपालमा हालसम्म ५६ जनाको मृत्यु भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com