चितवन राष्ट्रिय निकुञ्जमा ३ बाघ मरे


प्रकाशित मिति : श्रावण १४, २०७७ बुधबार

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा प्राकृतिक कारणले तीनवटा बाघ मरेका छन् । अघिल्लो आवमा आठवटा बाघ मरेका थिए । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार निकुञ्जको पश्चिम क्षेत्रको नवलपरासीस्थित वेदघारी मध्यवर्ती सामुदायिक वनमा एउटा वयस्क भाले बाघ मृत फेला परेको थियो ।

त्यसैगरी, ठोरी र कसरामा एक–एकवटा पोथी वयस्क बाघ मृत फेला परेका हुन् । कसरामा उद्धारका क्रममा बाघ मरेको हो । दुईवटा घाइते भएर मरेका हुन भने एउटाको कारण नखुलेको उनले जानकारी दिए । अघिल्लो वर्षभन्दा गत वर्ष प्राकृतिक कारणले मर्ने बाघको सङ्ख्या घटेको उनले जानकारी दिए । दुर्लभ एकसिङ्गे गैँडा पनि अघिल्लो आवमा धेरै मरेका थिए । त्यसवर्ष ४३ गैँडा मरेका थिए भने गत आवमा प्राकृतिक कारणबाट मर्ने गैँडाको सङ्ख्या २६ रहेको छ ।

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क ९३ पाटेबाघ रहेको तथ्याङ्क छ । पर्सादेखि वाल्मीकि टाइगर रिजर्भसम्म यो सङ्ख्या १४३ रहेको छ । पर्साको मात्र १८ हो भने बाँकी वाल्मीकि टाइगरको भएको उप्रेती बताउँछन् । पछिल्ला वर्षमा सडक र विकासका नाममा निकुञ्ज र वनमा बनाइने सडक र संरचनाका कारण बाघको बासस्थानमा असर पर्ने गरेको छ । उनले भने, “अतिक्रमण बढ्दै जाँदा बाघ संरक्षणमा जोखिम बढेको छ ।” रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com