‘इनफ इज इनफ’ (ई)का पाँच अभियन्तालाई नियन्त्रणमा लिएको छ । सूचनाको हकको निवेदन दर्ता गर्न गृह मन्त्रालय पुगेका अभियान्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको ‘इनफ इज इनफ’ले जनाएको छ ।

पक्राउ परेकाहरूलाई प्रर्दशनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ । कोरोना भाइरस महामारीको संक्रमण नियन्त्रण गर्न सरकारीले प्रभावकारी भूमिका नखेलेको भन्दै आन्दोलनसमेत भएको थियो ।

सोही अभियान पूरा गर्न अभियानकर्मी १२ दिनदेखि अनशनमा बसेका छन् । असार २२ गते सरकारसँग भएको सहमति कार्यान्वयन नभएपछि दोस्रो पटक अनशन सुरु भएको थियो ।