सांसद सिटौलाले लिइन् पद तथा गोपनीयताको सपथ


प्रकाशित मिति : श्रावण १४, २०७७ बुधबार

जनता समाजवादी पार्टी (जसपा)की नयाँ सांसद लीलादेवी सिटौलाले पद तथा गोपनीयताको सपथ लिएकी छन् । बुधबार सभामुख अग्निप्रसाद सापकोटाले सांसद सिटौलालाई सपथ गराएका हुन् ।

सांसद सरिता गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेको भन्दै पार्टीले निस्काशन गरिएपछि रिक्त रहेको समानुपातिक तर्फ खस-आर्य समूहमा सिटौलालाई निर्वाचन आयोगले सांसद चयन गरेको थियो ।

नेपालको भूभाग लिपुलेक, कालापानी, लिम्पियाधुरा भूभाग समेटेर नक्सा जारी गर्ने विषयमा संशोधन हालेपछि विवादमा परेकी गिरीलाई सासंद पद र साधारण सदस्यसमेत नरहनेगरी पार्टीले कारबाही गरेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com