लकडाउनमा विदेशमा ४ सय ५६ नेपालीको मृत्यु


प्रकाशित मिति : श्रावण १३, २०७७ मंगलबार

लकडाउनका बेला विभिन्न देशमा ४ सय ५६ नेपालीले ज्यान गुमाएका छन्। यसमा कोरोनाबाट कति जनाको मृत्यु भयो भनेर खुलाइएको छैन। कोरोनासँगै आत्महत्यालगायत कारणबाट विदेशमा नेपालीको ज्यान गएको परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर विभागका अधिकारीको भनाइ छ।

मृत्यु हुनेमा सामान्य कामदारका रूपमा विदेश गएकाहरू धेरै रहेको विभागका निर्देशक जंगबहादुर गुरुङले बताए। निर्देशक गुरुङका अनुसार कोरोना महामारीसँगै विदेशमा आत्महत्या गर्ने नेपालीको संख्या धेरै छ। ‘यो अवधिमा कोरोना भाइरसबाट मात्र नेपालीले ज्यान गुमाएका छैनन्, यहाँ आत्महत्याको पक्ष पनि छ’, उनले भने, ‘जागिर गएको र लकडाउनका कारण उकुसमुकुस भइरहेको अवस्थामा आत्महत्या गर्नेको संख्या बढेको होला।’

सामान्य समयभन्दा लकडाउन अवधिमा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या बढेको उनको भनाइ छ। ‘अरू बेला यति छोटो समयमा यति धेरै थिएन जस्तो लाग्छ’, उनले भने, ‘यो बेला मृत्यु हुने संख्या बढेको हो कि जस्तो देखिएको छ।’ विभागको तथ्यांकअनुसार पछिल्लो तीन महिनामा सबैभन्दा बढी साउदी अरबमा १ सय ५८ नेपालीले ज्यान गुमाएका हुन्। यही अवधिमा यूएईमा ८०, कतारमा ७५, मलेसियामा ६६, कुवेतमा २२, जेद्दाहमा १३, बहराइनमा १०, दक्षिण कोरियामा ८ र अन्य मुलुकमा १४ जनाले ज्यान गुमाएको देखिन्छ।

यही अवधिमा ९८ नेपालीको शव नेपाल ल्याइएकोे छ। साउदीबाट ५३, कतारबाट २३, कुवेतबाट १०, बहराइनबाट ७, जेद्दाहबाट २, यूएई, मलेसिया र अन्य राष्ट्रबाट १/१ जनाको शव नेपाल ल्याइएको विभागको तथ्यांकले देखाउँछ। १ सय ६४ जनाको शव विदेशमै दाहसंस्कार गर्न उनीहरूका परिवारले मञ्जुरी दिएका छन्। विभागका अनुसार यूएईमा ५८, साउदीमा ३७, कतारमा २५, कुवेतमा १०, मलेसियामा ८, दक्षिण केरियामा ५, बहराइनमा ३, जेद्दाहमा ३ र अन्य मुलुकमा १५ जना नेपालीको शव दाहसंस्कार गर्ने मञ्जुरीनामा भएको विभागको तथ्यांकमा उल्लेख छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

८५ जनाको शव स्वदेश ल्याउन निवेदन परेको विभागले जनाएको छ। जसमध्ये साउदीबाट ३९, यूएईबाट १३, मलेसियाबाट १२, कतारबाट १०, दक्षिण कोरियाबाट ३, कुवेतबाट २, जेद्दाहबाट १ र अन्य मुलुकबाट पाँच नेपालीको शव स्वदेश फिर्ता ल्याउन निवेदन परेको विभागले जनाएको छ।१ सय ९ जनाको शव भने स्वदेश ल्याउने तयारी छ। मलेसियाबाट ४५, साउदीबाट २९, कतारबाट १७, यूएईबाट ८, जेद्दाहबाट ७ र अन्य मुलुकबाट ३ शव ल्याउन लागिएको विभागले जनाएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com