पीपीपी वा ईआईडीएल सरकारी ऋण लिने सेल्फ इम्प्लोयडलाई तीन महत्वपूर्ण टिप्स


प्रकाशित मिति : श्रावण १३, २०७७ मंगलबार

पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगत वा इकोनोमिक इन्जुरी डिसास्टर लोन लिने सेल्फ इम्प्लोयडलाई अमेरिकाका चर्चित नेपाली सीपीए विराज रिजालले तीनवटा महत्वपूर्ण टिप्सहरु दिनुभएको छ । खसोखास लाइभमा प्रधानसम्पादक किशोर पन्थीसँग कुराकानी गर्दै रिजालले ऋण लिने सेल्फ इम्प्लोयडलाई महत्वपूर्ण टिप्सहरु दिनुभएको हो ।

पहिलो, पीपीपी वा ईआईडीएल ऋण लिनेहरुलाई त्यस्तो ऋण प्राप्त गर्दा सेल्फ इम्प्लोयडहरुको डीबीए नभएको खण्डमा छुट्टै व्यक्तिगत खातामा प्राप्त गर्न रिजालले सुझाव दिनुभएको छ ।

पीपीपी ऋण लिनेहरुले छुट्टै व्यक्तिगत खातामा प्राप्त रकम चेकमार्फत क्षतिपूर्तिवापत आफ्नो नियमित खातामा साप्ताहिक रुपमा पठाउन सकिने र त्यसो गर्दा उक्त ऋण राहतमा रुपान्तरण गर्न सहज हुने उहाँले बताउनुभयो ।

त्यस्तै ईआईडीएल ऋण लिनेहरुले पनि आफ्नो साप्ताहिक आम्दानीका रुपमा छुट्टै खाताबाट नियमित खातामा पठाउन सकिने उहाँले सुझाव दिनुभएको छ । पीपीपी वा ईआईडीएल ऋणबाट प्राप्त रकम खर्च गर्दा आफ्ना व्यक्तिगत खर्चहरुमा नमिसाउन र खर्चको हिसाबकिताब स्पष्ट राख्न उहाँले सुझाव दिनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दोश्रो, पीपीपी वा ईआईडीएल ऋणको खर्च गर्दा उहाँले खर्चका मापदण्डहरु पूरा गर्न सुझाव दिनुभएको छ । पीपीपी वा ईआईडीएल ऋण कामको क्षतिपूर्तिवापत खर्च गर्न सकिने तर अचल सम्पत्ति जोड्ने लगायतका विषयमा खर्च गर्न नमिल्ने उहाँले जानकारी दिनुभयो । तर कामको क्षतिपूर्तिवापत खर्च गर्दा गतबर्ष गरेको साप्ताहिक आम्दानी भन्दा बढी नलिन उहाँले सुझाव दिनुभयो ।

उदाहरणका लागि कुनै उबर चालकले पीपीपी वा ईआईडीएल ऋण प्राप्त गरेको छ भने उसले आफ्नो छुट्टै खाताबाट नियमित खातामा रकम प्राप्त गर्दा विगतको आम्दानी भन्दा बढी रकम स्थानान्तरण नगर्न उहाँले सुझाव दिनुभएको छ । कुनै सेल्फ इम्प्लोयड व्यक्तिले सन् २०१९ मा बार्षिक रुपमा २६ हजार कुल आम्दानी गरेको छ भने उसले अहिले काम गर्न नसकेको अवस्थामा पीपीपी वा ईआईडीएल ऋणबाट साप्ताहिक ५ सय डलर आफ्नो खातामा सार्न सक्छ ।

पीपीपी ऋण तोकिएको मापदण्डभन्दा बाहिर रहेर खर्च गरेमा मिनाहा नहुने र ब्याजसहित फिर्ता गर्नुपर्ने विराज रिजालले जानकारी दिनुभयो । त्यस्तै ईआईडीएल ऋण तोकिएको मापदण्डभन्दा बाहिर रहेर खर्च गरेर ऋण डिफल्ड हुने र तुरुन्तै सबै रकम फिर्ता गर्नुपर्ने अवस्था आउनसक्ने उहाँले जानकारी दिनुभयो ।

तेश्रो, पीपीपी ऋण मिनाहाका लागि आवेदकले तोकिएको समयभित्रै ऋण मिनाहाका लागि छुट्टै आवेदन दिनुपर्ने सीपीए रिजालले जानकारी दिनुभएको छ । सेल्फ इम्प्लोयडले पीपीपी ऋण ८ हप्ताभित्र खर्च गरेर मिनाहाका लागि आवेदन दिनुपर्ने उहाँले बताउनुभयो । साना विजनेशहरुले भने पीपीपी ऋण २४ हप्ताभित्र खर्च गर्नसक्ने प्रावधान रहेको छ ।

ईआईडीएल ऋण अर्को विजनेशमा लगाउन, नयाँ विजनेश थप्न, अचल सम्पत्ति खरिद गर्न, विजनेश विस्तार गर्न खर्च गर्न मिल्दैन । तर मोर्गेज तिर्न, इन्सुरेन्स तिर्न र काम गुमाएको अवस्थामा त्यसको क्षतिपूर्तिवापत साप्ताहिक रुपमा रकम लिन प्रयोग गर्न सकिन्छ । प्राप्त ऋण पूरै खर्च हुने अवस्था नरहेमा उक्त ऋण फिर्ता गर्न उपयुक्त हुने रिजालको सुझाव छ ।

ऋण प्राप्त गरेको व्यक्तिले खर्चको योजना बनाउन लाइसेन्स प्राप्त सीपीए वा ट्याक्स प्लानरसँग सम्पर्क गर्न सक्नेछन् ।

कार्यक्रमको भिडियो यहाँ हेर्न सक्नुहुनेछ

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com