विश्वविद्यालयमा आर्थिक अराजकता: आम्दानीभन्दा खर्च एक चौथाइ बढी


प्रकाशित मिति : श्रावण १२, २०७७ सोमबार

देशभर रहेका अधिकांश विश्वविद्यालयको खर्च प्रणाली मितव्ययी नभएको पाइएको छ । अधिकांश विश्वविद्यालयको आम्दानीभन्दा खर्च धेरै देखिएको छ । यसले विश्वविद्यालयको आर्थिक पारदर्शितामाथि पटक पटक प्रश्न उठ्ने गरेको छ ।

देशकै जेठो त्रिभुवन विश्वविद्यालयले आम्दानीको तुलनामा खर्च एक चौथाइ बढी गरेको छ । विश्वविद्यालयअन्तर्गतका १३ निकायले तलब भत्तासमेतका शीर्षकमा स्वीकृत बजेटभन्दा १२ करोड २१ लाख ६ हजार रुपैयाँ बढी खर्च गरेको पाइएको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६२ आंगिक क्याम्पस र अन्य निकायले आर्जन गरेको आन्तरिक आय २ अर्ब २३ करोड ३६ लाख रुपैयाँ रहेको छ । यद्यपि खर्च ९ अर्ब ४१ करोड ९६ लाख रुपैयाँ भएको देखिएको छ ।

क्याम्पसहरूको खर्चमध्ये ७० प्रतिशतसम्म शिक्षक र कर्मचारीको तलब भत्तामा हुने गरेको छ । विद्यार्थी संख्या बर्सेनि घटेको, लामो अवधिदेखि शिक्षण शुल्क पुनरावलोकन नगरेको र आयस्रोतको व्यवस्थापनमा त्रिविले चासो नदेखाएको पाइएको छ । खर्च नियन्त्रण गरी आन्तरिक आय वृद्धि गर्न महालेखा परीक्षकको ५७औं प्रतिवेदनले सुझाव दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, दाङको बेलझुन्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयले विनियोजन गरिएको रकमभन्दा बढी खर्च गरेको पाइएको छ । विभिन्न खर्च शीर्षकमा स्वीकृत बजेट सिमा नघाई १ करोड ६ लाख ९८ हजार रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको ५७औं प्रतिवेदनमा उल्लेख छ ।

संस्कृत विश्वविद्यालयको आर्थिक प्रशासनसम्बन्धी नियमावली २०६७ को नियम २३(३) मा सम्बन्धित शीर्षकमा स्वीकृत बजेटभन्दा बढी खर्च गर्न नपाउने व्यवस्था छ । संस्कृत विश्वविद्यालय संस्कृत शिक्षाको उत्थानमा केन्द्रत नभएको शिक्षाविद्हरू बताउँछन् ।

यस्तै, सुदूरपश्चिम विश्वविद्यालयको दुर्दशा पनि उस्तै छ । सुदूरपश्चिम विश्वविद्यालयले आम्दानीभन्दा ३ करोड ३१ लाख ८० हजार रुपैयाँ बढी खर्च गरेको महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएको छ । विश्वविद्यालयले स्वीकृत बजेटको सीमा नघाई बजेट खर्च गरेको देखिएको हो । विश्वविद्यालय ऐन २०६७ दफा ३३ मा आय व्ययको लेखा सरकारले अपनाएको लेखा प्रणालीअनुसार राख्नुपर्ने उल्लेख छ । ऐन लागु भएको नौ वर्ष बितिसक्दा समेत लेखा नीति तयार गरिएको छैन ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले लेखा प्रणाली चुस्त दुरुस्त नराखेको पाइएको छ । विश्वविद्यालयले २०७४/७५ मा केन्द्रीय कार्यालयमा निकासा भएको १ करोड १७ लाख २९ हजार रुपैयाँको स्रेस्ता पेस गरी लेखा परीक्षण नगराएको पाइएको छ ।

पोखरा विश्वविद्यालयले ५८ शिक्षण संस्थाको अस्थायी नवीकरण गरेको छैन । यस्तै, विश्वविद्यालयले स्थायी सम्बन्धनसमेत नदिएको देखिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले एकीकृत वित्तीय विवरण नै तयार नगरेको पाइएको छ । विश्वविद्यालयले मातहतका निकायको आर्थिक कारोबार समेटी एकीकृत वित्तीय विवरण तयार नगर्दा खर्च प्रणाली व्यवस्थित नभएको प्रतिवेदनले औंल्याएको छ ।

यस्तै, राजर्षि जनक विश्वविद्यालयले आर्थिक वर्षको सुरुमै बजेट कार्यक्रम स्वीकृत गर्नुपर्नेमा आर्थिक वर्षको अन्त्यतिर मात्रै बजेट स्वीकृत गरेको छ । राजर्षि जनक विश्वविद्यालयमा १६ शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा चारवटा मात्रै शैक्षिक कार्यक्रम सञ्चालन भएको देखिएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com