१४औं महाधिवेशन: सभापतिको दौडमा देउवादेखि गगनसम्म


प्रकाशित मिति : श्रावण १२, २०७७ सोमबार

आगामी ७ देखि १० फागुनका लागि तय भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । कोरोना संक्रमणको जोखिमको गति अहिलेभन्दा बढेन भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महाधिवेशन निर्धारित मितिमै हुने निश्चित छ ।

कोरोना संक्रमण बढेका कारण स्थानीय अधिवेशनको पूर्वतयारीलाई थाती राखिएकामा साउनदेखि पुनः सुचारु गर्ने निर्णय कांग्रेसको पछिल्लो पटक बसेको केन्द्रीय समितिको बैठकमार्फत गरिसकेको छ ।

केन्द्रीय समितिले स्थानीय तहका अधिवेशनको मिति हेरफेर गर्दै सदस्यता वितरण, पुराना सदस्यता नवीकरण र त्यसका प्रक्रिया अघि बढाएसँगै पार्टीको नेतृत्व हाँक्न आकांक्षीहरूले दौडधुप सुरु गरिसकेका छन् । यतिसम्मकी हाल कांग्रेसभित्र स्थापित रहेका गुटभित्रै समेत सभापतिका लागि आकांक्षा देखाउनेहरू बढ्न थालेका छन् । जसअनुसार अहिलेसम्म कसैले पनि आधिकारिक रूपमा घोषणा नगरे पनि कांग्रेसभित्रका तीन फरक फरक गुटमा आठ जना आकांक्षी देखिएका छन् ।

कांग्रेस नेतृत्वका लागि फेरि एक पटक वर्तमान सभापति शेरबहादुर देउवा आफैं उम्मेदवार बन्ने उनी निकट नेताहरू बताउँछन् । पछिल्लो पटक देउवाले पार्टीका विभाग गठन गर्दै सदस्यहरू समेत धमाधम थपिरहेका छन् । देउवाले थप गरिएका सदस्यहरूसँग पुनः एक पटक सभापतिको आकांक्षा देखाएको बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैगरी, वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत आफू निकट नेताहरूमार्फत सभापतिका लागि आफू तयार रहेको सन्देश दिँदै आइरहेका छन् । तर, उनी आफैंले भने सार्वजनिक रूपमा मुख खोलिसकेका छैनन् । नेता पौडेलले अनामनगरमा रहेको एक घरलाई भेटघाट गर्ने थलो बनाइसकेका छन् ।

यसैगरी, १३औं महाधिवेशनमा सभापतिमा उम्मेदवार बनेर कांग्रेसभित्र आफ्नो गुट स्थापित गरेका नेता कृष्णप्रसाद सिटौलाले समेत पार्टी नेतृत्वका लागि आकांक्षा देखाएका छन् । उनले महाराजगन्जमा भेटघाटका लागि कार्यालय नै खोलिसकेका छन् ।

यसैगरी, हाल उपसभापति रहेका विमलेन्द्र निधिले समेत सभापतिका लागि आफू तयार रहेको सन्देश दिइसकेका छन् । उनले महामन्त्री डा। शशांक कोइरालालाई भेटेरै सभापतिमा आफूलाई सघाउन आग्रह गरेको कोइराला निकट स्रोतले बताएको छ । उनी हालका सभापति देउवाका विश्वास पात्रसमेत मानिन्छन् । १४औं महाधिवेशनमा देउवा आफैं उम्मेदवार भए निधिले आफू उम्मेदवार हुने नहुनेबारे छलफल गर्ने बताउँदै आइरहेका छन् ।

यसैगरी, कांग्रेसका वर्तमान महामन्त्री डा। शशांक कोइरालाले समेत आफू पार्टी नेतृत्वका लागि तयार रहेको बताउँदै आइरहेका छन् । उनले केही समयअघि उपत्यकाबाहिर आयोजना भएका कार्यक्रममै आफू उम्मेदवार बन्ने सन्देश दिएका थिए । उनी हाल संस्थापन इतर समूह मानिने पौडेल समूहमा छन् । उनले हालै भेटघाटका लागि भन्दै महाराजगन्जस्थित निवाससँगै एक घर भाडामा लिएका छन् ।

यस्तै, कांग्रेस पूर्वमहामन्त्री समेत रहेका नेता प्रकाशमान सिंहले आगामी महाधिवेशनमा आफू पनि नेतृत्वको आकांक्षी रहेको जनाउ दिँदै आइरहेका छन् । उनीसमेत हाल पौडेल समूहमा नै छन् । उनले बिजुली बजारमा निर्वाचनका समयमा खोलेको सम्पर्क कार्यालयलाई भेटघाट थलो बनाएका छन् । यस्तै, चाक्सीबारीमा रहेको निवासमा समेत उनले भेटघाट गर्दै आइरहेका छन् ।

यसैगरी, अर्का नेता डा। शेखर कोइरालाले समेत १४औं महाधिवेशनका लागि नेतृत्वका लागि आकांक्षा देखाइरहेका छन् । उनले कोरोना संक्रमणका बिचमा समेत उपत्यका बाहिर नेता कार्यकर्तासँगको भेटघाटलाई सामाजिक दुरी कायम गरेरै निरन्तरता दिइरहेका छन् । उनीसमेत हाल संस्थापनइतर समूहमै छन् ।

यसैगरी, कांग्रेस युवा नेता गगन थापाले समेत आफू सभापतिको आकांक्षी रहेको जनाउ दिएका छन् । उनले केही दिनअघि राजधानीमा भएको युवा नेताहरूको कार्यक्रममा आफू पार्टी नेतृत्वका लागि तयार रहेको संकेत गरेका हुन् । उनी हाल कांग्रेसभित्र सिटौला समूहसँग निकट छन् ।

कांग्रेसको गत ११ पुसमा बसेको केन्द्रीय समितिको बैठकले ७ देखि १० फागुन २०७७ मा काठमाडौंमा १४औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । आजको राजधानी दैनिकमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com