स्याङ्जाका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि


प्रकाशित मिति : श्रावण १२, २०७७ सोमबार

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य प्रादेशिक कार्यालयले पुतलीबजार नगरपालिकाका १ महिलासहित १८ जनामा कोरोना संक्रमण भएको सोमबार पुष्टि गरेको हो । संक्रमितहरुमा ३९, २७, ३७, २८, ४१, ३३, ३८, ३४, ४६, ३१, ३५, २७, ४१, २७, ३४, ४४, ३६ वर्षीय पुरुष र २६ वर्षीया महिला रहेकी छन् ।

प्रहरीमा रुघा, खोकी, ज्वरो देखिएपछि पीसीआर परीक्षण गर्दा यसअघि ३ जनामा कोरोना पुष्टि भएपछि प्रहरी कार्यालय सिल गरेर अन्य प्रहरीको पनि परीक्षण गरिएको थियो । कार्यालयका ९८ प्रहरीसहित ४ जना थुनुवाको नमुना स्वाब संकलन गरी पठाइएकोमा १८ जनामा संक्रमण देखिएको हो ।  अन्यको रिपोर्ट आउन बाँकी छ  ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com