ओखलढुंगामा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि १२ वर्षीय बालकलाई प्रहरी निगरानीमा राखिएको छ । उनीमाथि अनुसन्धान गर्न निगरानीमा राखिएको प्रहरीले जनाएको छ ।
उनले चार वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका आफन्तले प्रहरीलाई जिम्मा लगाएका थिए । उनीले पटकपटक बालिकालाई बलात्कार गरेको आरोप छ । प्रहरीमा परेको उजुरीअनुसार उनले ३१ असारमा बलात्कार गरेका थिए ।
अनुसन्धानका लागि जिल्ला अदालतमार्फत म्याद थप गरिसकेको प्रहरी जिल्ला कार्यालयले जनाएको छ । उनालाई थुनुवा कक्षमा नभई प्रहरीहरुले आफूसँगै ब्यारेकमा राख्ने गरेको प्रहरीले जनाएको छ । उनलाई सरकारी वकिल कहाँ बयान गराएपछि अभिभावकको जिम्मा लगाउने तयारी रहेको छ । अहिले उनको जन्मदर्ता मगाउने काम भइरहेको छ । रासस
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।