सरिता गिरीको ठाउँमा लिला सिटौला बनिन् सांसद


प्रकाशित मिति : श्रावण १२, २०७७ सोमबार

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको सिफारिसमा लिला सिटौलालाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित घोषणा गरेको छ । सांसद सरिता गिरीलाई ह्विप उल्लंघन गरेको भन्दै पार्टीले निस्काशन गरिएपछि रिक्त रहेको समानुपातिक तर्फ खस-आर्य समूहमा सिटौलालाई सांसद चयन गरेको हो ।

नेपालको भूभाग लिपुलेक, कालापानी, लिम्पियाधुरा भूभाग समेटेर नक्सा जारी गर्ने विषयमा संशोधन हालेपछि विवादमा परेकी गिरीलाई सासंद पद र साधारण सदस्यसमेत नरहनेगरी पार्टीले कारबाही गरेको थियो । गिरीले आफूमाथि गरिएको कारबाही असंवैधानिक भन्दै सांसद पद खारेज नगर्न माग गर्दै सर्वोच्चमा अन्तरिम आदेश माग गरेकी थिइन् । तर, आइतबार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com