अमेरिकी पूर्वराष्ट्रपति अस्वस्थ


प्रकाशित मिति : बैशाख ९, २०७४ शनिबार

अचानक अस्वस्थ भै गत शुक्रबार उपचारार्थ भर्ना भएका अमेरिकाका पूर्वराष्ट्रपति एवं बयोबृद्ध जर्ज एच डब्ल्यु बुस अझै अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ स्थितिको जानकारी लिन उनकै पुत्र, अर्का पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुस अस्पताल पुगेका थिए ।

९२ वर्षीय पूर्वराष्ट्रपति बुसलाई गत शुक्रबार अचानक लगातार कडा खोकी लागेकाले तत्कालै स्थानीय हाउस्टन मेथोडिस्ट हस्पिटल पुर्‍याइएको थियो । त्यहाँ डाक्टरी जाँचपछि उनलाई निमोनियाले ग्रस्त बनाएको पत्ता लागेको थियो ।

बयोबृद्ध बुसका पारिवारिक प्रवक्ता जिम म्याकग्राथले बताए अनुसार उपचारपछि शारिरीक शिथिलतामा कमी आएको, आराम महसूस भै फूर्ति बढ्नुका साथै उनको स्वास्थस्थितिमा क्रमिक सुधार आई बिहीबारसम्म स्थिर रहेको थियो ।

पूर्वराष्ट्रपति जर्ज एच डब्ल्यु बुसले सन् १९८९ देखि १९९३ सम्म चारबर्ष र उहाँका पुत्र जर्ज डब्ल्यु बुसले सन् २००१ देखि २००९ सम्म – दुई पटक गरी आठ बर्ष सम्म अमेरिकाको राष्ट्रपति पदको कार्यभार सम्हालेका थिए । एपी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com