नेपालमा पाइने सबै सर्प विषालु हुँदैनन्, कति छन् विषालु प्रजातिका सर्प ?


प्रकाशित मिति : श्रावण १०, २०७७ शनिबार

सावधानी अपनाए सर्पको डसाइको जोखिमबाट बच्न सकिन्छ । सर्पदंश हुन नदिने प्रयाससँगै सावधानी जरुरी रहेको जानकारले औँल्याउनुभएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल विभाग प्रमुख तथा विश्व स्वास्थ्य सङ्गठनको सर्पविज्ञ समूहका सदस्य डा. सञ्जीव शर्मा सर्पदंशमा सबैलाई विषालु सर्पले डसेको हुँदैन । कतिपयमा विषालु सर्पले विष प्रवाह गर्दैन । सर्पले आत्मरक्षामा डस्दा मात्र विष छाड्छ । त्यसैले अस्पताल आएका ९० प्रतिशत बिरामीमा विष हुन्न । बाँकी १० प्रतिशतमा समयमै उपचार गर्न सके बचाउन सकिन्छ भन्नुहुन्छ । चिकित्सक शर्माको भनाइ अनुसार कडा विष भएको गोमन सर्पले एक्कासि मानिसलाई डस्दैन । मानिसले चलाउँदा स्वर निकालेर तर्साउँछ । टेरेनन् भने मात्र डस्छ । पहिलो डसाइमा उसले विष छाड्दैन । चलाइरह्यो भने दोस्रो पल्ट विषसहित डस्ने गर्छ ।

कडा विष भएको करेतले प्रायः मानिस सुतेका ठाउँमा र जम्काभेट भएका ठाउँमा डस्छ । तराईमा हुने अत्यधिक करेतको डसाइ राति भुइँमा खुला सुतेका व्यक्तिमा हुने गरेको पाइएको छ । सानो सर्पलाई मानिसको हात, खुट्टा वा शरीरले थिच्दा चोट लाग्छ । राति टोकेको थाहा नपाउँदा बिहान बिरामीको अवस्था पक्षघात जस्तो हुन्छ । जसलाई बचाउन कठिन पर्छ । करेतबाट बच्न खाटमा झुल हालेर सुत्ने र टोकेको शङ्का लागेमा तत्काल अस्पताल जानुपर्छ । करेतले टोकेको चिह्न देखिन्न तर गोमनले टोक्दा घाउ देखिन्छ ।

तराईमा बाघे सर्पको बिगबिगी यहीबेला हुन्छ । यसले टोकेमा शरीरमा रक्तस्राव हुन्छ । समयमै उपचार नपाए रगतको कम हुने र दिमागमा रगत जमेर बिरामीको मृत्यु हुन्छ । पहाडतिर पाइने हरेउ सर्पको डसाइमा विष कम हुुन्छ । यसको टोकाइबाट सुन्निने, दुख्ने, रक्तस्राव हुने र टोकेको ठाउँ कुहिएर झर्ने सम्भावना हुन्छ । हिमालमा पाइने हिमालयन करेतमा पनि कडा विष हुन्छ । हिमालको सर्पमा विष हुन्न भनेर लापरबाही नगर्न उहाँ सुझाउनुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सर्पले डस्दाको असर
विषालु सर्पले डसेपछि शिरको भागदेखि असर सुरु हुने चिकित्सक शर्मा बताउनुहुन्छ । विषका कारण स्नायुतन्त्रले काम गर्न नसकी पक्षघात गराउँछ र बिरामीको मृत्यु हुन्छ । आँखा उघार्न नसकी लोलाउँदै जाने, जिब्रो निकाल्न नसक्ने, घाँटीमा स्नायु बिग्रँदा थुक, र्याल मुखमै जम्मा हुने, निल्न नसक्ने हुन्छ । मानिसको छातीमा असर गर्न थालेपछि श्वासप्रश्वास रोकिएर मृत्यु हुन्छ । यस अवस्थामा कृत्रिम श्वासप्रश्वाससहित भेन्टिलेटरमा राख्ने र मिर्गौलाको डायलासिस गर्नुपर्छ । यतिबेला तराईमा बाढी, डुबान हुँदा सर्प र मानिस दुवै बाँच्न सुक्खा ठाउँको खोजीमा छन् । आफ्ना परिवारलाई उच्च स्थानमा सुरक्षित बस्ने र उपचार गर्न तत्काल जानुको विकल्प नरहेको उहाँले बताउनुभयो । सर्प देखेमा छोप्ने, उद्धारकर्ता बोलाउने र सुरक्षात्मक उपाय अपनाउनुपर्छ । सर्पले डसेमा डसेको ठाउँमाथि कपडाले बाँधेर विष प्रतिरोध दिएपछि मात्र हटाउनुपर्छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलका अनुसार मध्य मनसुनको ६० दिन सर्पदंशको उच्च जोखिमको समय हो । सर्पदंश उपचार केन्द्रलाई सक्रिय तुल्याउँदै एन्टिभेनम पर्याप्त मात्रामा पु¥याइएको छ । सन्देशमूूलक थप सूचना दिने तयारी भइरहेको जानकारी उहाँले दिनुभयो । तराईका २३ जिल्लामा गरिएको अध्ययनले वर्षभर ४० हजार जनालाई सर्पले डस्छ । नेपालमा झन्डै २१ प्रजातिका विषालु सर्प पाइन्छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा बर्सेनि सर्पको डसाइबाट एक हजारको मृत्यु हुन्छ । विगत एक महिनामा नौ जनाको सर्पको डसाइले मृत्यु भएको छ । गत वर्ष ३७ को मृत्यु भएको सरकारी तथ्याङ्क छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com