‘अमेरिकाबाहिर अड्केकाहरु अमेरिका आएर पुराना हप्ताका बेरोजगारी विमा रकम पाउनसक्ने’


प्रकाशित मिति : श्रावण १०, २०७७ शनिबार

कोरोनाको महामारीका कारण अमेरिकाबाहिर अड्केकाहरु अमेरिकामा आएर महामारी सुरु भएपछिका पुराना हप्ताका बेरोजगारी बिमा रकम वा महामारी बेरोजगारी सहायता रकम पाउनसक्ने सीपीए विराज रिजालले जानकारी दिनुभएको छ । तर त्यस्का लागि व्यक्तिले आफू पहिलेको मितिमा अमेरिका आएर काम सुरु गर्न चाहेको तर महामारीका कारण आउन नसक्ने प्रमाणित गर्नुपर्ने रिजालले जानकारी दिनुभयो ।

खसोखास लाइभमा कुराकानी गर्दै उहाँले भन्नुभयो -‘अमेरिकाबाहिर रहेको व्यक्तिले बेरोजगारी विमा रकम वा महामारी बेरोजगारी सहायता रकमका लागि आवेदन दिन वा रकम लिन सक्दैन । तर अमेरिका आएर काम सुरु गर्न चाहेको तर महामारीको कारणले अमेरिका आउन नसकेको व्यक्तिले अमेरिका आइसकेपछि पुराना हप्ताको लागि पनि दावी गर्न सक्छ । र पहिलेका हप्ताको रकम प्राप्त गर्नसक्छ ।’

अमेरिकामा बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता रकम पाइरहेकाहरुले अमेरिकाबाहिर गएको खण्डमा भने अमेरिकाबाहिरबाट साप्ताहिक प्रमाणिकरण गरेर उक्त रकम लिन नसक्ने उहाँले जानकारी दिनुभयो । अमेरिकाबाहिर रहेको अवस्थामा पनि महामारी बेरोजगारी सहायता रकम वा बेरोजगारी विमा रकम लिएमा जालसाजीको अभियोगमा कारवाही हुने र रकम फिर्ता गर्ने अवस्था आउनसक्ने उहाँले बताउनुभयो ।

बेरोजगारी विमा रकम, अमेरिकी सरकारले प्रदान गर्ने इकोनोमिक इन्जुरी डिसास्टर लोन, पेचेक प्रोटेक्सन लोन लगायतका विषयमा खसोखासका प्रधानसम्पादक किशोर पन्थीले सीपीए विराज रिजालसँग गरेको कुराकानी यहाँ हेर्न सक्नुहुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com