कर्णालीका ६ हजार छोरीको बैङ्क खाता


प्रकाशित मिति : श्रावण १०, २०७७ शनिबार

कर्णाली प्रदेशका छोरीको आर्थिक, सामाजिक सुुरक्षा गर्न प्रदेश सरकारले सुरु गरेको ‘बैङ्क खाता छोरीको ः सुुरक्षा जीवनभरिको’ कार्यक्रममार्फत छ हजार छोरीको बैङ्क खाता खोलिएको छ । प्रदेश सरकारले छोरीमाथि हुने विभेद हटाई आर्थिक र सामाजिक सुरक्षा दिन गत वर्ष उक्त कार्यक्रम ल्याएको थियो ।

सामाजिक विकास मन्त्रालयका अनुसार पाँच हजार ९४५ छोरीको बैङ्क खाता खोलिएको हो ।सामाजिक विकास महाशाखाका महिला विकास अधिकृत अनिता ज्ञवालीले सबैभन्दा बढी दैलेखमा एक हजार ३१७ छोरीको बैङ्क खाता खोलिएको जानकारी दिनुभयो । उहाँका अनुसार सुर्खेतमा ७२३, सल्यानमा ७०६, रुकुम पश्चिममा ८५२, जाजरकोटमा ५५३, डोल्पामा १६७, जुम्लामा ५४४, कालीकोटमा ७०४, मुगुमा ३०६ र हुम्लामा ७३ छोरीको बैङ्क खाता खोलिएको छ ।

स्थानीय सरकारमार्फत सरकारले छोरीको बैङ्क खाता खोलिदिने गरेको हो ।गत आर्थिक वर्षमा सरकारले कर्णालीमा जन्मिने छोरीको बैङ्क खाता खोल्न तीन करोड ४० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेटमध्ये दुई करोड ८४ लाख रुपियाँ मात्रै खर्च भएको छ ।
कोरोना रोकथाम र नियन्त्रण गर्न देशभर बन्दाबन्दी भएपछि उक्त कार्यक्रम प्रभावित बनेको थियो ।

गत आर्थिक वर्षमा धेरै छोरीको खाता खोल्न छुटेकाले आगामी भदौ ५ गतेसम्म खोलिसक्ने गरी कार्यविधि संशोधन गरिएको ज्ञवालीले बताउनुभयो । बन्दाबन्दीले असर गरे पनि यसलाई यसवर्ष प्रभावकारी रूपमा अघि बढाइने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चालू आर्थिक वर्ष सरकारले सात करोड बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । मुुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त कार्यक्रम सञ्चालन गर्न कार्यविधि तयार गरेको छ । सरकारले छोरी २० वर्ष नपुुग्दासम्म पहिलो महिना एक हजार र मासिक पाँच सय रुपियाँ छोरीको बैङ्क खातामा जम्मा गरिदिने गरेको छ ।

२० वर्षमा एक छोरीको बैङ्क खातामा एक लाख २० हजार रुपियाँ जम्मा हुुन्छ । गत पुस १ गतेदेखि सरकारले उक्त कार्यक्रम सञ्चालन गरेको थियो । सरकारले बैङ्कमा जम्मा गरिदिएको रकम छोरीको उमेर २० वर्ष पुुगेपछि मात्र झिक्न पाइने, बालविवाह नगरेको हुनुपर्ने, छोरीले माध्यमिक शिक्षा पूरा गरेको हुनुपर्ने र माध्यमिक तहको अध्ययन पूरा भएको प्रमाणपत्रका आधारमा मात्र रकम उपलब्ध गराइने सर्त राखेको छ ।गोरखापत्र

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com