विवरण ढाँटेर बेरोजगारी विमा रकम लिएमा पक्राउ गरेर मुद्दा चलाइने


प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार

विवरण ढाँटेर बेरोजगारी विमा रकम लिएमा पक्राउ गरेर मुद्दा चलाइने न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । विदेशमा रहेर भीपीएन वा इन्टरनेट अज्ञात सेवा प्रयोग नगर्न समेत डिपार्टमेन्ट अफ लेवरले बारम्बार सचेत गराउँदै आएको छ ।

अमेरिकामा रहेर भीपीएन प्रयोग गर्नेहरुलाई पनि वेरोजगारी विमा आवेदन दिंदा वा साप्ताहिक प्रमाणीकरण गर्दा भीपीएन प्रयोग नगर्न डिपार्टमेन्ट अफ लेवरले सुझाव दिएको छ । बेरोजगारी विमा आवेदन दिंदा वा साप्ताहिक प्रमाणिकरण गर्दा भीपीएन बन्द गर्न भनिएको छ ।

आईपीका आधारमा लोकेशन पत्ता लगाएर आवेदक अमेरिकामा नै भए नभएको पत्ता लगाउने भएकाले भीपीएन सेवा प्रयोग नगर्न भनिएको हो । अमेरिकामा नै रहेर भीपीएन सेवा प्रयोग गर्ने कैयनको विमा रकम समेत डिपार्टमेन्ट अफ लेवरले रोकेको छ ।

सामान्यतया विदेशमा रहेको अवस्थामा बेरोजगारी विमा रकमका लागि योग्य नहुने नियम रहेको छ । साथै कोही आवेदकले बेरोजगारी विमा रकम लिइरहेको सन्दर्भमा अमेरिका छाडेर वाहिर गएमा समेत रकमका लागि योग्य नहुने नियम रहेको छ ।

ढाँटेर बेरोजगारी विमा रकम लिएमा पक्राउ गरेर मुद्दा समेत चलाउन सकिने डिपार्टमेन्ट अफ लेवरले चेतावनी दिएको छ । खासगरी आवेदकले काम गरेको दिनको संख्या, प्राप्त गरेको रकमबारे ढाँट्ने गरेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com