अमेरिकाले फाइजर र बायोएनटेकसँग गर्यो १० करोड डोज कोरोनाबिरुद्धको भ्याक्सिन बुक


प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार

अमेरिकाले कोरोनाबिरुद्ध भ्याक्सिन बनाइरहेका कम्पनीहरु फाइजर र बायोएनटेकसँग १० करोड डोज भ्याक्सिन बुक गरेको छ । यदि ती कम्पनीहरुले उत्पादन गरेका भ्याक्सिनहरु सफल भएमा सुरुमा नै अमेरिकाले १० करोड डोज प्राप्त गर्नेछ, त्यसबापत अमेरिकाले १ दशमलव ९५ बिलियन डलर तिर्ने सहमति जनाएको छ ।

कोरोनाभाइरस भ्याक्सिनको परीक्षण चलिरहँदा सरकार र भ्याक्सिन परीक्षण गरिरहेका कम्पनीबीच भएको यो सबैभन्दा ठूलो मध्येको सहमति हो । सहमति अनुशार अमेरिकाले थप ५ सय मिलियन अतिरिक्त डोज समेत ती कम्पनीसँग किन्न सक्नेछ ।

तेश्रो चरणका परीक्षण सफल भएर भ्याक्सिन प्रभावकारी र सुरक्षित रहेको प्रमाणित हुनासाथ फाइजरले सरकारको निर्देशनमा अमेरिकाका विभिन्न स्थानमा भ्याक्सिन डेलिभरी सुरु गर्नेछ । त्यसपछि उक्त भ्याक्सिन अमेरिकनहरुलाई निशुल्क उपलब्ध गराइने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेजले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फाइजर कम्पनीले यसअगाडि यसैमहिनाको अन्त्यसम्ममा थप ३० हजारलाई भ्याक्सिन दिएर वृहत परीक्षण सुरु गर्ने बताएको थियो । ती कम्पनीहरुले यसैमहिना भ्याक्सिन परीक्षणको प्रारम्भिक नतिजा सार्वजनिक गरेका थिए, जुन निकै सकारात्मक र उत्साहजनक थियो । सबैभन्दा अगाडि रहेका ४ वटा सम्भावित भ्याक्सिनहरुमा बायोएनटेक र फाइजरले परीक्षण गरिरहेको भ्याक्सिन सबैभन्दा अगाडि रहेको छ ।

यसअगाडि अमेरिकी सरकारले नोभाभ्याक्सको भ्याक्सिन निमार्णको गतिलाई द्रुतता दिन १ दशमलव ६ बिलियन डलर प्रदान गर्ने सहमति गरेको थियो । यो कम्पनीले आगामी जनवरीसम्म १ सय मिलियन डोज डेलिभरी गर्ने लक्ष्य लिएको छ ।

त्यस्तै सरकारले गत मार्चमा जोन्सन एण्ड जोन्सनको भ्याक्सिन निर्माणका लागि ४५६ मिलियन लगानी गर्ने घोषणा गरेको थियो । त्यस्तै मोडेर्ना कम्पनीले बनाइरहेको भ्याक्सिनलाई ४८६ मिलियन र आस्ट्राजेनेका कम्पनीले बनाइरहेको भ्याक्सिनलाई १ दशमलव २ बिलियन डलर तिर्न अमेरिकाले सहमति जनाइसकेको छ । अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर आस्ट्राजेनेका कम्पनीले विकाश गरेको भ्याक्सिनको एकहजार बढीमा सफल परीक्षण भइसकेको छ ।

अमेरिकी सरकारले इमर्जेन्ट बायो सोलुसनलाई सम्भावित भ्याक्सिनको घरेलु उत्पादन बढाउनका लागि ६२८ मिलियन डलर दिने सहमति जनाइसकेको छ । भ्याक्सिन कम्पनीहरुले आगामी डिसेम्बरसम्म भ्याक्सिन सबैको प्रयोगका लागि ल्याउन दु्रत गतिमा काम गरिरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com