यस्तो छ न्युयोर्कका गैर नाफामुलक नेपाली संघसंस्थाहरुको आम्दानी खर्च विवरण


प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार

न्युयोर्कमा कैयन गैरनाफामुलक नेपाली संघसंस्थाहरु रहेका छन् । तीमध्ये अधिकांशको बार्षिक आम्दानी ५० हजारभन्दा कम रहेको छ । तर केही संस्थाहरुको बार्षिक आम्दानी त्योभन्दा धेरै रहेको आईआरएसको रेकर्डले देखाएको छ । हामीले ५० हजारभन्दा बढी आम्दानी भएका केही गैरनाफामुलक नेपाली संस्थाको खर्च विवरण खोतलेका छौं । न्युयोर्कमा नेपाली समुदायमाझ चर्चित नेपाली जनसम्पर्क समिति, अधिकार, शेर्पा किदुग र रिजउड नेपाली समाजको आम्दानी खर्च विवरण हामीले नियाल्ने प्रयास गरेका छौं ।

उडसाइडमा प्रधान कार्यालय रहेको नेपाली जनसम्पर्क समिति अमेरिकाले सन् २०१७ देखि यता आफ्नो बार्षिक आम्दानी ५० हजार डलरभन्दा कम देखाउँदै आएको छ । तर २०१६ मा भने यो संस्थाको आम्दानी झण्डै ९५ हजार रहेको देखाइएको छ । २०१५ मा नेपालमा गएको महाभूकम्पपछि यो संस्थाले उल्लेख्य डोनेशन रकम उठाउन सफल भएको थियो ।

त्यस्तै एल्महस्र्टमा प्रधान कार्यालय रहेको युनाइटेड शेर्पा एसोसिएसन अमेरिका अर्थात शेर्पा किदुग अमेरिकाले २०१६ मा डोनेशन र अन्य आम्दानीबाट झण्डै १ लाख ८४ हजार डलर प्राप्त गरेको थियो, जसमध्ये कर्मचारीहरुको तलबभत्ता र कामका लागि झण्डै १८ हजार डलर खर्च गरिएको थियो भने अन्य खर्च झण्डै ८५ हजार डलर गरिएको थियो ।

शेर्पा किदुगले सन् २०१६ मा १ लाख १० हजार डलर खर्च गरेको आईआरएसको रेकर्डले देखाएको छ । त्यस्तै २०१७ मा डोनेशन र अन्य आम्दानी गरी ३ लाख १२ हजार प्राप्त गरेको थियो भने तलबभत्ता र कामका लागि झण्डै ३३ हजार र अन्य खर्च झण्डै १ लाख ८८ हजार सहित कुल खर्च २ लाख ५२ हजार गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै २०१८ मा डोनेशन र अन्य आम्दानी गरी झण्डै ३ लाख १८ हजार प्राप्त गरेकोमा झण्डै ५६ हजार तलबभत्ता र कामका लागि खर्च गरेको थियो । त्यस्तै अरु खर्च झण्डै २ लाख ५३ हजारसहित झण्डै ३ लाख २० हजार खर्च गरिएका थियो भने उक्त बर्ष झण्डै २४ सय डलर घाटा भएको थियो । कुल खर्चको झण्डै २ लाख ५८ हजार डलर कार्यक्रम र सेवाहरुमा खर्च गरिएको थियो ।

त्यस्तै नेपाली र नेपालीभाषीको अधिकारका लागि कृयाशिल संस्था अधिकारले सन् २०१५ मा डोनेशन, ग्रान्ट लगायतबाट १० लाख ८० हजार डलर प्राप्त गरेको थियो । जसमध्ये तलबभत्ता र कामका लागि झण्डै ४ लाख ६९ हजार र अन्य झण्डै २ लाख ४१ हजार गरी ७ लाख ११ हजार डलर खर्च गरेको थियो । यो संस्थाले २०१६ मा ग्रान्ट, डोनेशन लगायतबाट झण्डै ११ लाख डलर प्राप्त गरेको थियो भने उक्त बर्ष तलबभत्ता र कामका लागि झण्डै ५ लाख ७७ हजार र अन्य खर्च झण्डै ३ लाख ६ हजार गरी कुल झण्डै ८ लाख ८४ हजार खर्च गरेको थियो ।

अधिकारले सन् २०१७ मा डोनेशन र ग्रान्टबापत झण्डै १२ लाख ८७ हजार डलर प्राप्त गरेको थियो । उक्त बर्ष कर्मचारीको तलबभत्ता र कामका लागि झण्डै ६ लाख ३४ हजार खर्च गरिएको थियो भने अन्य २ लाख ६४ हजारसहित कुल खर्च ८ लाख ९८ हजार डलर रहेको थियो ।

न्युयोर्कको अर्को चर्चित संस्था रिजउड नेपाली समाजले सन् २०१८ मा डोनेशन, ग्रान्ट लगायतबाट कुल आम्दानी झण्डै १ लाख ८८ हजार डलर गरेको थियो भने सदस्यहरुका लागि बेनिफिट दिएको शीर्षकमा झण्डै ६१ हजार डलर खर्च गरेको थियो । तलबभत्ता र कामका लागि शुन्य डलर खर्च गरेको यो संस्थाले २०१८ मा जम्मा खर्च झण्डै ६६ हजार गरेको थियो ।

२०१७ मा यो संस्थाले डोनेशन, ग्रान्ट लगायतबाट कुल आम्दानी झण्डै १ लाख ९१ हजार गरेको थियो । जसमध्ये सदस्यहरुलाई बेनिफिट दिइएको शीर्षकमा झण्डै १ लाख ५ हजार सहित कुल खर्च झण्डै १ लाख १८ हजार गरेको थियो ।

२०१६ मा डोनेशन, ग्रान्ट लगायतबाट झण्डै ४८ हजार प्राप्त गरेकोमा खर्च झण्डै ४९ हजार गरिएको थियो भने सन् २०१५ मा आम्दानी १ लाख ७ हजार गरिएकोमा खर्च झण्डै ८८ हजार गरिएको थियो । सन् २०१५ मा यो संस्थाले आम्दानी झण्डै ७० हजार र खर्च झण्डै ५० हजार गरेको ट्याक्स रेकर्डमा उल्लेख छ । गतबर्षको ट्याक्स रेकर्ड अनुशार यो संस्थाको चल अचल सम्पत्ति झण्डै ६ लाख २५ हजार डलर रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com