देशभर बाढी र पहिरो ३ जनाको मृत्यु ,सात घर बगायो


प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार

काठमाण्डौको कागेश्वरीमा पहिरोमा परेर एक जनाको ज्यान गएको छ । कागेश्वरी मनोहरा नगरपालिका गागलफेदीमा हिजो बेलुका गएको पहिरोमा परेर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार बाटोमा हिँडिरहेका बेला पहिरो खसेर गुरुङको ज्यान गएको हो ।

यसैवीच पहिरोमा पुरिएर दार्चुलामा आमा–छोरीको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका ६ मा पहिरो जाँदा ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घटना अविरल वर्षाका कारण पहिरोले घर भत्किदा २ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंह बताउनुभयो । यता निरन्तरको बर्षापछि खसेको पहिरोले गोरखाको बारपाक सुलिकोट ४ नालपाङमा बाढी र पहिरोले २ घर बगाएको छ । बाढीसँगैको पहिरोले कामी गुरुङ र उनको छोराको घर बगाएको हो ।

उनीहरु सामुदायिक भवनको घरमा बसेका वडा अध्यक्ष भिमबहादुर गुरुङले जानकारी दिनुभयो । त्यस्तै अजिरकोट गाउँपालिका बलुवामा पनि पहिरोले एक घर बगाएको छ । रामबहादुर मगरको घर बगाएको हो । गोरखामा पनि तीन घर पहिरोले बगाएको छ । मानविय क्षती भने भएको छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com