सुचारु भएको तीन घण्टामै बुटवल-पाल्पा सडक पुन: अवरुद्ध


प्रकाशित मिति : श्रावण ४, २०७७ आईतबार

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्ड सुचारु भएको तीन घण्टामै पुनः अवरुद्ध भएको छ।

पाल्पाको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै शुक्रबार राती पहिरो खस्दा अवरुद्ध भएको सडक आज साझँ एकतर्फी खुलाईएको थियो । तर, सडक सुचारु भएपनी माथीबाट पहिरो खस्ने क्रम नरोकिएपछी सडक पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com