आफ्नै भान्जा अपहरणपछि हत्या गरेर भाग्ने मामा १३ वर्षपछि पक्राउ


प्रकाशित मिति : श्रावण ४, २०७७ आईतबार

आफ्नै भान्जाको अपहरण पश्चात हत्या गरेर फरार अभियुक्तलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मुजफ्फापुरका ४५ वर्षीय राजेश कुमार गुप्ता रहेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले सर्लाहीको मलंगवाबाट उनलाई शनिबार पक्राउ गरी काठमाडौं ल्याएर आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । प्रहरीका अनुसार २०६४ साल असोज २४ गते गुप्ताले तत्कालिन समयमा राई स्कुल जोरपोटीमा कक्षा ७ मा अध्ययनरत रोहित गुप्तालाई अपहरण गरेका थिए ।

रोहितका बुबा बासुदेवसँग अभियुक्तले २ लाख ५० हजार फिरौती मागेकोमा सो रकम बुझाएर पनि अपहरण मुक्त भएका थिएनन् । बरु त्यसको ३ दिनपछि असोज २७ गते बालको शव कमलादीस्थित गणेश मन्दिर सडक पेटीमा फेला परेको थियो । अभियुक्तले हत्यापछि शव भरियालाई बोकाएर कमलादीको सडकमा लगेर फ्याकिदिएका थिए ।

घटनामा धादिङका विष्णु सुनारको समेत संलग्नता रहेको खुलेपछि प्रहरीले २०६४ मंसिर १२ गते नै पक्राउ गरेको थियो भने उनी हालपनि कारागारमै रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com