इकोनोमिक इन्जुरी डिसास्टर लोन केमा प्रयोग गर्न मिल्छ ? केमा मिल्दैन ?


प्रकाशित मिति : श्रावण ३, २०७७ शनिबार

अमेरिकी सरकारले एसबीएमार्फत साना विजनेश र सेल्फ इम्प्लोयडहरुलाई इकोनोमिक इन्जुरी डिसास्टर लोन उपलब्ध गराइरहेको छ । कोरोनाको महामारीका कारण विजनेश प्रभावित भएकाहरुले यो ऋणका लागि आवेदन दिइरहेका छन् ।

यो ऋण अन्तरगत एसबीएले तत्कालै अग्रिम भुक्तानी स्वरुप तिर्न नपर्ने १० हजार डलरसम्म राहत उपलब्ध गराइरहेको छ । साथै साना विजनेशलाई ३ दशमलव ७५ प्रतिशत ब्याजदरमा र गैर नाफाुमलकलाई २ दशमलव ७५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइएको छ । यो ऋण अधिकतम ३० बर्षभित्र तिर्न सकिन्छ ।

तर यो ऋण कस्तो प्रयोजनका लागि प्रयोग गर्ने भन्ने सन्दर्भमा कैयन व्यक्तिमा अन्यौल श्रृजना भएको देखिन्छ । यसबारे एसबीएले केही प्रश्नहरुको जवाफ समेत दिएको छ । यदि विजनेश महामारीबाट प्रभावित भएको छैन भने यो ऋण विजनेशको साधारण र आवश्यक ऋण र दायीत्वहरु तिर्नका लागि कार्यशिल पूजीका रुपमा प्रयोग गर्न सकिने एसबीएले जनाएको छ ।

तर यो ऋण रकम विजनेश विस्तार गर्न, सुधार गर्न वा पहिलेकै ऋण रिफाइनान्स गर्नका लागि प्रयोग गर्न सकिदैन । तर विजनेशका क्रेडिट कार्डहरु आपतकालिन अवस्थामा कार्यगत पूजिका रुपमा प्रयोग गरिएको छ भने यो ऋण महामारीको कारण आपतकालिन अवस्थामा प्रयोग गरिएका क्रेडिट कार्डको केही हिस्सा तिर्नका लागि भने प्रयोग गर्न सकिने एसबीएले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इकोनोमिक इन्जुरी डिसास्टर लोन खासगरी तलब, भुक्तानयोग्य खाताहरु, भाडा, मोर्गेज, गाडीको लिजहरु ल्गायतका बिलहरु तिर्नका लागि प्रयोग गर्न सकिने एसबीएले जनाएको छ ।

खासगरी यो ऋण लाभांश र बोनसमा प्रयोग गर्न पाइदैन । त्यस्तै कुनै काम गरेवापत लिइने तलब वा ज्यालाबाहेक यो रकम विजनेश संचालकहरुले बाँडेर लिन पनि पाइदैन । अरु कुनै प्राथमिक ऋण तिर्नका लागि प्रयोग गर्न समेत पाइदैन भने कुनै अचल सम्पत्ति खरिद गर्न वा लगानी गर्न पनि पाइदैन ।

कुनै संघीय एजेन्सी वा एसबीएको ऋण तिर्नका लागि समेत यो रकम प्रयोग गर्न पाइदैन । आइआरसलाई तिर्नुपर्ने रकमबाहेक अन्य कुनै संघीय ऋणहरु पनि तिर्न पाइदैन । दीर्घकालिन ऋणहरु रिफाइनान्स गर्न पाइदैन भने यो ऋणको प्रयोग गरेर नयाँ स्थानमा विजनेशसमेत खोल्न पाइदैन ।

तपाईले ऋण रकम खर्च गर्नुअगाडि लाइसेन्सप्राप्त सीपीएको सल्लाह लिन नभुल्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com