न्युयोर्कको तापक्रम सोमबार १ सय डिग्री फरेनहाइटसम्म पुग्ने, यस्तो छ सरकारी तयारी


प्रकाशित मिति : श्रावण ३, २०७७ शनिबार

(English) न्युयोर्कको तापक्रम आइतबारदेखि अत्याधिक बढ्ने भन्दै न्युयोर्क सिटी सरकारका तर्फबाट सुचना जारी गरिएको छ । अत्याधिक तापक्रमको सामना गर्नका लागि न्युयोर्कबासीहरुलाई केही सुझावहरु दिइएको छ भने सिटी सरकारले कैयन तयारीहरु गरेको छ ।

नेशनल वेदर सर्भिसले आइतबार दिउसो मध्यान्हदेखि सोमबार बेलुका ८ बजेसम्मका लागि हिट एड्भाइजरी जारी गरेको छ । आइतबार ९० डिग्री फरेनहाइटभन्दा माथि पुग्ने तापक्रम सोमबार १ सय डिग्री फरेनहाइटको आसपासमा हुने जनाइएको छ ।

न्युयोर्क सिटीले तयारीका लागि पार्कहरुमा २३० भन्दा धेरै कुलिङ र मिस्ट साइटहरु बनाएको छ भने न्युयोर्कसिटीभर १६० भन्दा धेरै कुलिङ सेन्टरहरु खोलिने भएको छ । न्युयोर्क सिटीभर ३ सय भन्दा धेरै हाइडे्रन्टसहरु खोलिने भएको छ भने सिटीका पार्कहरुमा ६५० भन्दा धेरै स्प्रे शावरहरु खोलिनेछ । सिटीले कम आम्दानी भएका ४० हजारभन्दा धेरै बृद्धबृद्धाका लागि एसीहरु जडान गरिसकेको जनाएको छ ।

नजिकको कुलिङ सेन्टर पत्ता लगाउनका लागि ३११ मा फोन गर्न सकिनेछ । साथै अनलाइनमार्फत पनि चिसो बनाउने तत्वहरु थाहा पाउन सकिनेछ । त्यसका लागि यहाँ क्लिक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुलिङ सेन्टर कुन कुन स्थानमा छ भन्ने थाहा पाउन यहाँ क्लिक गर्नुहोला ।

घरमा एयर कन्डिशनर हुनेहरुलाई घरमै एयर कन्डिशनर चलाएर बस्न न्युयोर्कका आपतकालिन व्यवस्थापन कमिश्नर डिन क्रिशवेलले सुझाव दिएका छन् । घरमा एसी नहुनेहरुलाई कुलिङ सेन्टरमा जान सुझाव दिइएको छ ।

एसी प्रयोग नगर्नेहरु वा एसी नहुनेहरु तापक्रम सम्बन्धित रोगको शिकार हुनसक्ने न्युयोर्क सिटीका हेल्थ कमिश्नर ओक्सिरिस बार्बोटले बताएका छन् । उनले न्युयोर्कबासीहरुलाई दिनको केही घण्टा भएपनि एसीमा बस्न, हलुका कपडा लगाउन, प्रसस्त तरल पदार्थ पिउन र वाहिरका गतिविधिमा सकभर सहभागी नहुन सुझाव दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com