सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् । पार्टीको सचिवालय बैठकअघि ओली र प्रचण्डबीच अहिले बालुवाटारमा छलफल भइरहेको नेकपा स्रोतले बताएको छ । सचिवालय बैठक आज ३ बजे बालुवाटारमै बस्दैछ । सचिवालय बैठकअघि सहमति जुटाउने प्रयासमा दुई अध्यक्षबीच छलफल भएको स्रोतको दाबी छ ।
हाल नेकपामा आन्तरिक विवाद चर्किएको छ । सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै प्रचण्ड र माधव नेपाल समूहले ओलीको राजीनामा मागेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको हो । गत असार १० गतेबाट जारी रहेको नेकपाको पाँचौ स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवाद मिलाउन पटक पटक स्थगन हुँदै आएको छ। शुक्रबार डाकिएको स्थायी कमिटी बैठक आइतवारसम्मका लागि स्थगन गरिएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।