टीपीएस प्राप्त झण्डै ४ हजारलाई देश छाड्ने तयारी गर्न अमेरिकी चेतावनी


प्रकाशित मिति : बैशाख ७, २०७४ बिहीबार

टीपीएस प्राप्त तीनदेशका झण्डै ४ हजार नागरिकलाई अमेरिका छाडेर स्वेदश फर्कने तयारी गर्न अमेरिकी सरकारले चेतावनी दिएको छ । गायना, लाइबेरिया र सिरिया लिओनका नागरिकलाई अमेरिकामा प्रदान गरिएको टीपीएसको अवधि नथपिएपछि टीपीएसप्राप्त ती देशका नागरिकहरु अब स्वदेश फर्कनुपर्ने भएको छ ।

ती देशका नागरिकहरुलाई अमेरिकामा प्रदान गरिएको टीपीएसको अवधि आगामी मे २१ मा समाप्त हुँदैछ । इबोला भाइरसका कारण ती देशका नागरिकहरुलाई अमेरिकामा टीपीएस प्रदान गरिएको थियो । तर अब इबोलाको खतरा नरहेको भन्दै टीपीएसको अवधि थपिएको छैन । टीपीएसको अवधि नथपिएपछि टीपीएस प्राप्त ती देशका नागरिकहरु अमेरिकामा समस्यामा पर्ने भएका छन् ।

सिरिया लिओनका ११८० जना, गायनाका ९३० जना र लाइबेरियाका २१६० जनाले अमेरिकामा टीपीएस लिएका छन् । उनीहरुसँग आगामी मे २१ भित्र अरु इमिग्रेशन स्टेटस नरहेको अवस्थामा अमेरिका छाड्ने तयारी गर्न वा अन्य इमिग्रेशन सुविधाका लागि आवेदन दिन अमेरिकी सरकारले सुचित गरेको छ ।

आगामी मे २१ मा टीपीएसको अवधि सकिने र अरु कुनै कानुनी स्टेटस नभएकाहरु देशनिकाला हुनबाट संरक्षित नहुने युएससीआईएसले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा ८ हजार ९ सय ५० जना नेपालीहरु टीपीएसबाट संरक्षित छन्, जसको अवधि सन् २०१८ को जुन २४ मा सकिदैछ । टीपीएसको अवधि नथपिएमा अन्य कानुनी स्टेटसका लागि आवेदन नदिएका वा नपाएका नेपालीहरुले पनि सन् २०१८ को जुन २४ पछि अमेरिका छाड्नुपर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com