न्युयोर्कमा आर्थिक समस्यामा परेका नेपाली विद्यार्थीलाई सहयोग गर्न शेर्पा किदुगको फण्ड


प्रकाशित मिति : असार ३१, २०७७ बुधबार

न्युयोर्क सिटीमा आर्थिक समस्यामा परेका एफ वान स्टाटसमा रहेका नेपाली विद्यार्थीहरुलाई सहयोग गर्न शेर्पा किदुग अमेरिकाले फण्डको स्थापना गरेको छ । युनाइटेड शेर्पा कोभिड १९ रिलिफ फण्ड अन्तरगत कोरोनाको महामारीका कारण आर्थिक समस्यामा परेका न्युयोर्क सिटीभित्रका विद्यार्थीहरुलाई सहयोग गरिने शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले जानकारी दिनुभयो ।

योग्य एफ वान स्टाटसमा रहेका नेपाली विद्यार्थीहरुले आर्थिक सहायताका लागि फर्म भर्न सक्नेछन् । फर्ममा नाम, इमेल, फोन नम्बर, कलेजको नाम, ठेगाना, अमेरिकामा बसेको अवधि, बेरोजगारी विमा रकमको आवेदन दिए नदिएको लगायतका विवरणहरु उल्लेख गर्नुपर्नेछ । आवेदन जुलाई १६ सम्ममात्र दिन सकिनेछ ।

यदि तपाई अमेरिकामा एफवान भिसामा हुनुहुन्छ र आवेदन दिनु चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

प्राप्त आवेदनका आधारमा आर्थिक सहायता प्रदान गरिने शेर्पा किदुगकका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो -‘संकलन भएको फण्ड र प्राप्त आवेदनका आधारमा हामीले आर्थिक समस्यामा परेकाहरुलाई सहायता उपलब्ध गराउनेछौं ।’

शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पा

विद्यार्थीहरु छनौटको जिम्मा भ्वाइस फर युथ, अन्सो, एनएसएसपी लगायतका समुह र संस्थाहरुलाई दिइएको छ । युनाइटेड शेर्पा कोभिड १९ रिलिफ फण्डमा अहिलेसम्म १० हजार अमेरिकी डलर जम्मा भएको छ ।

यदि तपाई पनि उक्त फण्डमा सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

युनाइटेड शेर्पा एसोसिएसन अमेरिकाले कोरोनाको महामारी सुरुभएदेखि नै अग्रमोर्चामा रहेर महामारी प्रभावितलाई विभिन्न खाले सहयोग उपलब्ध गराउँदै आएको छ । महामारीको बेलामा न्युयोर्कको नेपाली समुदायका लागि युनाइटेड शेर्पा एसोसिएसन एउटा बलियो आधार बनेर उभिएको थियो भने अध्यक्ष उर्गेन शेर्पा लगायतको टिम अहोरात्र खटेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com