बलात्कारको आरोपमा सशस्त्र प्रहरीका एसएसपी पक्राउ


प्रकाशित मिति : असार ३१, २०७७ बुधबार

बलात्कारको आरोपमा सशस्त्र प्रहरीका एसएसपी पक्राउ परेका छन् । बुधबार सशस्त्र प्रहरी तालिम केन्द्र लामापाटनका प्रमुख एसएसपी राजेन्द्र अधिकारीलाई महिला बलात्कार आरोपमा पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ।

पोखराको लामापाटनस्थित आफ्नै क्वाटरमा बोलाएर एसएसपी अधिकारीले आफूमाथि बलात्कार गरेको पीडित महिलाले प्रहरीलाई फोनमार्फत जानकारी गराएपछि नेपाल प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पीडित महिलालाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com