फ्रान्समा आप्रवासन सम्बन्धी नयाँनीति ल्याउने


प्रकाशित मिति : बैशाख ५, २०७४ मंगलबार

फ्रान्सको राष्ट्रपतीय निर्वाचनका उम्मेदवारमध्येकी एक मुख्य प्रतिस्प्रधी अति दक्षिणपन्थी नेता मारिन ल पेनले आफूले देशमा सबै कानुनी आप्रवासन सम्वन्धि नयाँ नितिहरु ल्याउने बताएकी छन्।

उनि आगामी आइतबार हुने पहिलो चरणको मतदानअघि मत सर्वेक्षणहरुले उनी अर्का मध्यपन्थी उम्मेदवार इमानवेल माक्रोँसँग निकै कडा प्रतिस्पर्धामा देखिएकी छन्।

बीएफएमटीभीका लागि गरिएको एउटा मत सर्वेक्षणले पहिलो चरणमा माक्रोँले २४ प्रतिशत, ल पेनले २३ प्रतिशत, अनुदारवादी नेता फ्रास्वाँ फियोँले १९ दशमलव ५ र मेलाँशोँले १८ प्रतिशत मत पाउने देखाएको छ। तसर्थ उनीहरुबीच अत्यन्त कडा प्रतिस्पर्धा हुने देखिन्छ।

प्यारिसमा एउटा र्‍यालीलाई सम्बोधन गर्दै ल पेनले आप्रवासनसम्बन्धी झन् आमूल, झन् तार्किक, झन् मानवीय, झन् व्यवस्थापन गर्न सकिने नीतिहरु ल्याउने बताएकी छिन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

र्‍यालीलाई सम्बोधन गर्दै ल पेनले भनिन्, मैले सबै कानुनी आप्रवासन रोक्ने एउटा निर्णय गर्नेछु जसबाट उत्पन्न यो आक्रोश र अनियन्त्रित स्थितिका कारण हामी तल पर्दैछौँ।

तर वाम झुकाव भएको लिबरेशन पत्रिकाले तल्लो तहका समर्थकहरुलाई सन्तुष्ट पार्ने उद्देश्यका साथ ल पेनले चुनावी अभियानका क्रममा कडामध्येको अभिव्यक्तिू दिएको जनाएको छ।

मत सर्वेक्षणहरुका अनुसार फ्रान्समा एक तिहाई मतदाता अझै अनिर्णित भएकाले केही दशकयता फ्रान्समा भएका निर्वाचनमध्ये आउने चुनाव सबैभन्दा अड्कल गर्न नसकिने हुने देखिएको छ।

फ्रान्समाअगामी आइतबार पहिलो चरणको मतदान हुनेछ भने,आगामी मे ७ तारिखमा दोस्रो चरणको मतदान हुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com