अनलाइनबाटमात्र कक्षा लिने अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिकामा बस्न नपाउने नियम फिर्ता


प्रकाशित मिति : असार ३०, २०७७ मंगलबार

आगामी सेमेस्टरमा अनलाइनबाटमात्र कक्षा लिने अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिकामा बस्न नपाउने नियम अमेरिकी सरकारले फिर्ता लिएको छ । संघीय अदालतमा ८ वटा मुद्दा र सयौं युनिभर्सिटीहरूको विरोधपछि अमेरिकी सरकारको होमल्याण्ड सेक्युरिटीले नियम फिर्ता लिएको हो ।

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले सुचना जारी गरेर अमेरिकामा डिग्री लिन चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरुले अनलाइनबाटमात्र कक्षा लिएमा उनीहरु देशनिकालाको जोखिममा पर्ने वा उनीहरुले अमेरिका छाड्नुपर्ने अवस्था आएपछि विद्यार्थीहरु तनावमा परेका थिए ।

पूर्णरुपमा अनलाइन कक्षाका लागि आवद्ध गरिएका विद्यार्थीहरुले अमेरिकाको विदेशमन्त्रालयबाट विद्यार्थी भिसा नपाउने समेत जनाइएको थियो । त्यसका अतिरिक्त अनलाइन कक्षामात्रै लिइरहेका विद्यार्थीहरुसँग भिसा भएपनि उनीहरुलाई विमानस्थलबाट सीबीपीले अमेरिका प्रवेशमा अनुमति नदिने जनाईको थियो ।

कोरोनाको महामारीका कारण कैयन अन्तर्राष्ट्रिय विद्यार्थीहरु विदेशमा नै अड्केको अवस्थामा कतिपय विश्वविद्यालयहरुले अमेरिकामा अनलाइन कक्षा संचालन गरिरहेका छन् । तर यो कदमपछि अब अन्तर्राष्ट्रिय विद्यार्थीहरुमा अन्यौल उत्पन्न भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा विद्यार्थीहरुका लागि भिसा प्रावधान कडा रहँदै आएको छ । पुरानै नियम अनुशार पनि अनलाइनमात्र कक्षा लिनका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई अमेरिकामा आउन निषेध गरिदै आएको छ । तर कोरोनाको महामारीका कारण अहिले अस्थायी रुपमा अनलाइन कक्षाहरु संचालन गरिएको हो ।

कतिपय विश्वविद्यालयहरुले अनलाइन र इन पर्सन कक्षाका सन्दर्भमा हाइब्रिड मोडलको प्रयोग गर्दै आएका छन् ।

नयाँ नियमबारे अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले प्रकृया र उत्तरदायीत्वबारे फेडरल रजिस्टरमा सुचना प्रकाशित गर्ने जनाएको थियो । तर मंगलबार मुद्दामा सुनुवाई हुनु अगाडि नै सरकारले नियम फिर्ता लिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com